April 19, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

नेपाल भूमिहीन सुकुम्बासी संगठन मधेश प्रदेशको अध्यक्षमा नरेश साह तुरहा चयन

रौतहट,चैत ९ गते
नेपाल भूमिहीन सुकुम्बासी संगठनको मधेश प्रदेशको अध्यक्षमा नरेश साह तुरहा सर्वसहमत रुपमा चयन भएका छन् । नेपाल भूमिहीन सुकुम्बासी संगठनको प्रथम मधेश भेला बाट वहाँ चयन हुनु भएको छ । नेपाल भूमिहीन सुकुम्बासी संगठनको सो भेलाबाट नया कार्यसमिति चयन भएको छ ।
सर्लाहीको हरिवनमा बसेको संगठनको मधेश प्रदेश स्तरीय भेलाबाट अध्यक्ष पदमा तुरहा लाइ सर्वसहमत रुपमा चयन गरिएको हो । तुरहा आईटी आर्मी रौतहट जिल्ला संयोजक समेत हुन् ।
सम्पूर्ण भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी ए हाऔं । समतामूलक समाजको लागि भूमिसूधार,सुकुम्बासी किसानको लागि भूमि अधिकार भन्ने मूल नाराको साथमा उक्क्त भेला बोलाइएको थियो ।
सुकुमबासिहरुका समस्या समाधानमा लागि आफू लाग्ने नव नियुक्त अध्यक्ष तुरहाले प्रतिक्रिया दिनु भयो ।