July 25, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

प्रचण्डले रौतहटको जनतालाई झुठो अस्वासन दिएर फर्किए

 

रौतहट,मंसिर ०४ गते

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल सञ्चालन गर्ने पहल गर्ने बताउनु भएको छ । रौतहटको कटहरिया नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताएका हुन् । कटहरियामा मालापोत कार्यालय,कृषि विकास बैंक सहितको सरकारी कार्यालयहरु स्थापना गराउन आफूले पहल गर्ने आश्वासन दिनु भएको थियो ।
रौतहटमा किसानको समस्या रहदै आएकोले त्यो सामाधानका लागि सम्बन्धित निकायमा आफूले पहल गर्ने बताउनु भएको छ । जिल्लामा लालबकैया,बागमती लगायतको नदीहरुका कारण यहाँको जनताले क्षती ब्यहोर्दै आइरहेका बताउँदै नदी नियन्त्रणको लागि आफनो पार्टीकै मन्त्रालय रहेकोले यसको लागि आफूले ठाडो आदेश दिने बताउनु भएको छ ।
प्रदेश नम्बर २ मा माओवादी १ नम्बरको पार्टी हुने दाबी गरेका छन् । मधेश माओवादीमय बन्दै गएको दाबी गर्नु भएको छ । मधेशीको हक अधिकारको लागि खह्रो रुपमा उत्रेको कारण माओवादीको लोकप्रियता बढदै गएको दाबी गर्नु भएको थियो ।
साथै, प्रचण्डले माओवादीले संघीयता छोड्यो भन्ने झुटलाई व्यापक प्रचार गरिएको आरोप लगाए ।
रौतहट क्रान्तीकारी विरहरुको जिल्ला रहेको बताउनु भएको छ । जस्तो सुकै परिस्थीतीको सामना गर्ने लालकिलाको रुपमा यो जिल्ला रहेको बताउनु भएको छ । प्रचण्डलाइ ५१ किलोको मालाले कटहरियामा स्वागत गरिएको थियो । जनसभामा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुको भव्य उपस्थिती रहेको थियो