July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

आज ग्यास लिक भइ आगलागी हुदा २ लाख बढीको क्षति

किसन साह,सर्लाही १ गते चैत

जिल्ला सर्लाहीको विष्णु गाउँपालिका वडा न-३ मधुवनगोठमा एक घर जलेर नष्ट भएको छ । सोमबार राति ७ बजेको समयमा स्थानीय रामकृत मण्डलको खपडाले छाएको कच्ची घरमा खाना पकाउने क्रममा सिलिन्डर ग्यास लिक भई अचानक आगलागी हुँदा मण्डलको घर पुर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । आगलागीबाट घरसमेत घरभित्र रहेको.अन्नपात,लत्ताकपडा,भाँडाबर्तन, नगद रु १० हजार र सुनचाँदीका गरगहना गरि अन्दाजी २ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरी प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।
उक्त आगलागी स्थानीयबासीहरुको सहयोगमा प्रहरीले राति ८ बजे नियन्त्रणमा लिएको डिएसपी बुढाथोकीले जनाएको छ।