July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

नेपालमा गठबन्धन सरकारले खुट्टा तान्नु बाहेक अरु कुनै काम गरेको छैनः पुर्व मन्त्री प्रभु साह

 

राम प्रबेश बैठा रौतहट,चैत ०१ गते
नेपालमा गठबन्धन सरकारले खुट्टा तान्नु बाहेक अरु कुनै काम नगरेको नेकपा एमाले स्थायी कमिटि सदस्य तथा पुर्वमन्त्री प्रभु शाहले बताउनु भएको छ । रौतहट कटहरिया नगरपालिका स्थित विवाह मण्डप भवनमा आयोजित होली मिलन समारोह लाइ सम्बोधन गर्दै वहाँले यस्तो बताउनु भएको हो ।
उनले भने होलीकाको अन्त्यपछि मात्र हामीले होली मनाउने गर्छौ । तर, अहिले अझ पनि राजनीतीको होलीका बाचेको छ । त्यसलाई हामी सबै मिलेर नै मार्नु पर्छ । अहिले देश विकासको बाटोमा हैन् विनासको बाटोमा गएको उनले आरोप लगाए ।
गठबन्धन सरकारले अमेरीकाको लागि कार्य गरिरहेको उनले आरोप लगाए । अहिले नेपालको हितमा काम न भई अमेरीकाको हितमा सबै कार्य भैइरहेको उनको ठहर थियो । ।
सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि एमालेमा सयौं मानिसहरु पार्टी प्रवेश गरेका थिए । शाहले सबैलाई टिका माला लगाई पार्टीमा स्वागत गरेका थिए ।