रामप्रवेश बैठा,रौतहट,फागुन ३० गते
रौतहट जिल्लाको कटहरिया नगरपालिकाको एक विधालयमा छात्रवृति रकम वितरण गरिएको छ । सो नगरपालिकाको वडा नम्बर ४ स्थित रहेको ज्ञान मन्दिर प्रावि कटहरियामा अध्ययनरक्त छात्रछात्राहरु लाइ छात्रवृति वापतको रकम प्रदान गरिएको छ । विधालय व्यवस्थापन समितिका अध्यक्ष सर्फलाल महतो लगायतका व्यक्तीहरुको रोहबारमा वितरण गरिएको छ ।
सो विधालयमा कक्षा १ देखि कक्षा ५ पढने सबै विधार्थीहरु लाइ छात्रवृति रकम दिइएको हो । विधालयमा अध्ययन गर्ने २ सय २५ जना छात्रछात्राहरुलाइ २ सयका दरले रकम वितरण गरिएको प्रधानाध्यापक शंकर साह रौनियारले जानकारी गराउनु भयो ।
सो अवसरमा बिधालय व्यवस्थापन समितिका उधो महतो,विरेन्द्र महतो सहित स्थानिय भद्रभलादमी बुद्धिजिवीहरुको उपस्थिती रहेको थियो ।
More Stories
श्रमिकको न्यूनतम तलब २८ हजार हुनुपर्ने माग गर्दै श्रममन्त्रीलाई फेडरेशनको ध्यानाकर्षण पत्र
पुर्वमन्त्री प्रभु साहको प्रश्न : न्यायालयको विकृति हटाउनुपर्छ भन्नु अपराध हो ?
मन्त्री गुप्तालाई बदनाम गराउदै हाकिम गुप्ता ,गोप्य टेन्डरको अड्डा बन्यो रौतहटको ईशनाथ ।