April 10, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

श्री धन लक्षमी प्रावि कटहरियामा छात्रवृति वितरण सम्पन्न

रामप्रवेश बैठा,रौतहट,फागुन ३० गते
रौतहट जिल्लाको कटहरिया नगरपालिकाको एक विधालयमा छात्रवृति रकम वितरण गरिएको छ । सो नगरपालिकाको वडा नम्बर ५ स्थित रहेको धन लक्षमी प्रावि कटहरियामा अध्ययनरक्त छात्रछात्राहरु लाइ छात्रवृति वापतको रकम प्रदान गरिएको छ । विधालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार साह लगायतका व्यक्तीहरुको रोहबारमा वितरण गरिएको छ ।
सो विधालयमा कक्षा १ देखि कक्षा ५ पढने सबै विधार्थीहरु लाइ छात्रवृति रकम दिइएको हो । विधालयमा अध्ययन गर्ने १ सय ३८ जना छात्रछात्राहरुलाइ २ सयका दरले रकम वितरण गरिएको प्रधानाध्यापक राकेश सोनीले जानकारी गराउनु भयो ।
सो अवसरमा बिधालय व्यवस्थापन समितिका सँगै स्थानिय भद्रभलादमी बुद्धिजिवीहरु पत्रकारको उपस्थिती रहेको थियो ।