July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटमा नेकपा एमाले माधवनारायणको अध्यक्षमा साह

रौतहट ३० गते
रौतहटको माधवनारायाण नगरपालिकाको नेकपा एमालेको नगर अध्यक्षमा उपेन्द्र साह सर्वसहमत चयन भएका छन् । आज सो नगरपालिकाको माधोपुरमा सम्पन्न नगर अधिवेशनले साहको नेतृत्वमा ६५ सदस्यिय नगर कमिटि सर्वसहमत चयन गरेको हो । कमिटिको उपाध्यक्षमा रामइश्वर यादव, सचिवमा अरविन्द झा , उपसचिवमा विगु राम , सुवह पासवान रहेको नेकपा एमाले रौतहट जिल्ला कमिटि उपसचिव पलट चौधरीले जानकारी दिए । नव गठित नगर कमिटिका पदाधिकारी तथा सदस्यहरुलाई नेकपा एमाले मधेस प्रदेश उपसचिव आरती भण्डारीलेपद तथा गोपनियताको सपथ गराएकी थिइन् ।

अधिवेशनको प्रमुख अतिथि रहेका नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्व मन्त्री प्रभु शाहले मधेश विकास नेकपा एमालेको सरकारले मात्र गर्न सक्ने भन्दै एमाले बाहेककि दलहरुले मधेसलाई केवल भोट बैंकको रुपमा मात्र प्रयोग गरिरहेको आरोप लगाए । उनले अहिलेको गठबन्धनको सरकारलाई गठबन्धनको संज्ञा दिँदै यो परमादेशबाट बनेको सरकारलाई नेकपा एमालेको जनमतबाट बनेको सरकारले विस्थापित गरेर विकासको लहर ल्याउने दावी गरे ।

कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य एवम् रौतहट इन्चार्ज उपेन्द्र साहले रौतहट जिल्ला कम्युनिष्टहरुको किल्ला भएकाले यस पटक यहाँका सबै निर्वाचन क्षेत्र र स्थानिय तहमा नेकपा एमालेले जित्ने दावी गरे । उनले केपी ओली नेतृत्वको नेकपा एमालेको सरकारले मधेस र मधेसी जनताको आर्थिक, सामाजिक विकास र अधिकारको लागि धेरै काम गरेकाले यसपाली रौतहट जिल्ला मात्र नभई समग्र मधेसनै एमालेमय हुने ठोकुवा गरे ।
सो अवसरमा माधवनारायण नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष राजकुमार यादव, रजवाडाका नेपाली काग्रेसका चर्चित नेता सिजय सिंह, यमुनामाई गाउँपालिकाका नेपाली कांग्रेसका प्रभावशाली नेता योगेन्द्र मुखिया, यमुनामाई गाउँपालिकाका नेपाली कांग्रेसका नेता सत्यनारायण पटेल सहित ठुलो संख्यामा नेता कार्यकर्ताले विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेको नेकपा एमाले रौतहट जिल्ला कमिटि अध्यक्ष त्रिभुवन साहले जानकारी दिए । नव प्रवेशीहरुलाई नेकपा एमालेका स्थायी कमिटि सदस्य एव्म पूर्वमन्त्री प्रभु साहले माला, टिका लगाएर पार्टीमा स्वागत गरेका थिए ।
सो अधिवेशनमा नेकपा एमालेका केन्द्रिय सदस्य उद्धव रेग्मी,लेखा समिति सदस्य राजकिशोर यादव, जिल्ला कमिटी अध्यक्ष त्रिभुवन साह,प्रदेश कमिटी सदस्यहरु अब्दुल कलाम आजाद, बबन सिंह, रिना कुमारी शाह , अनिल मिश्र नेकपा एमाले रौतहट जिल्ला कमिटी उपाध्यक्ष दिपक यादव, सचिव बाल बिक्रम कार्की, उपसचिव पलट चौधरी, रुपेश पटेल लगायतका ठुलो संख्यामा नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।