July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

श्री नमूना मावि कटहरियामा छात्रवृति गरियो वितरण

रामप्रवेश बैठा,रौतहट,फागुन ३० गते
रौतहट जिल्लाको कटहरिया नगरपालिकाको एक विधालयमा छात्रवृति रकम वितरण गरिएको छ । सो नगरपालिकाको वडा नम्बर ५ स्थित रहेको श्री नमूना माध्यमिक बिधालय कटहरियामा अध्ययनरक्त छात्रछात्राहरु लाइ छात्रवृति वापतको रकम प्रदान गरिएको छ । विधालय व्यवस्थापन समितिका अध्यक्ष,कटहरिया नगर प्रवक्ता एवम् वडाध्यक्ष चन्दन कुशवाहाको लगायतका व्यक्तीहरुको रोहबारमा वितरण गरिएको छ ।
सो विधालयमा कक्षा २ देखि कक्षा ९ पढने सबै विधार्थीहरु लाइ छात्रवृति रकम दिइएको हो । विधालयमा अध्ययन गर्ने १ हजार १ सय ९६ जना छात्रछात्राहरुलाइ २ सयका दरले कुल २ लाख २८ हजार ८ सय रकम वितरण गरिएको लेखापाल सुरेन्द्र यादवले जानकारी गराउनु भयो । छात्रवृति वितरणमा रकम अपुग भएपछि बिधालय बाट ११ हजार रकम थप गरि वितराण गरिएको थियो ।
छात्रवृति रकम वर्ग शिक्षक र सहयोगी शिक्षकको सहयोगले सबै बिधार्थीहरु लाइ उक्त रकम दिइएको विधालयका प्रधानाध्यापक योगेन्द्र कुशवाहाले जानकारी गराउनु भयो ।
सो अवसरमा बहुमुखि क्याम्पस कटहरियाका प्रमुख गजेन्द्र यादव सहित स्थानिय भद्रभलादमी बुद्धिजिवीहरुको उपस्थिती रहेको थियो ।