रौतहट,फागुन ३० गते
रौतहट जिल्ला कटहरिया नगरपालिकाले होली संस्कृति संरक्षण गर्नका लागि बाजा सेट वितरण गरेको छ । कटहरिया नगरपालिका वडा नम्वर ९ डुमरियामा मण्डली लक्षित कार्यक्रम अन्तर्गत होली संस्कृति संरक्षण गर्नका लागि बाजा सेट वितरण गरिएको नगरपालिले जनाएको छ ।
नगरपालिकाको बजेटबाट बाजा सेट खरिद गरी वितरण गरिएको नगर प्रमुख सियाराम कुशवाहा जानकारी दिनुभयो ।
पुस्तौैदेखि मण्डली समूहलाई संरक्षण गर्न र उहाँहरुलाई काम गर्न सहज होस् भन्ने उद्देश्यले बाजा सेट वितरण गरिएको कुशवाहाले दाबी गर्नुभयो ।
आज सोमबार एक कार्यक्रमका बिच मेयर कुशवाहा र प्रमुख प्रशासकिय अधिकृत रामप्रकाश साहले संयुक्त रुपमा सो वडा दुइ वटा किर्तन मण्डलीलाइ हर्मुनियम १÷१ सेट,ढोलक, झील,झाल वितरण गरिएको हो ।
हर्मुनियमसेट वितरण गर्दा संस्कृति संरक्षण हुने र मण्डलीका सदस्यहरुको आत्मविश्वास बढने विश्वास लिइएको नगरपालिकाले जनाएको छ ।
सो अवसरमा वडाध्यक्ष रामअज्ञा यादव,योजना शाखा प्रमुख रामनरेश यादव,यूवा नेता शंकर यादव,नरेश साह तुरहा,महेश यादव,उमेश दास सहितका व्यक्तीहरुको उपस्थिती रहेको थियो ।
More Stories
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय
रौतहटमा महापर्व छठको अवसरमा गाैरमा सम्मान तथा शुभकामना अदानप्रदान