July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको हर्षाहामा अमन हेल्थ केयर हस्पिटल सञ्चालनमा।

राम प्रबेश बैठा ,रौतहट,फागुन ३० गते

रौतहटमा आज बृनदावन नगरपालिका स्थित हर्षाहामा सोमबार देखी अत्याधुनिक सुविधा सम्पन्न अमन हेल्थ केयर हस्पिटल सञ्चालनमा आएको छ ।
बृन्दावन नगरपालिकाका स्वास्थ्य संयोजक राम नरेश राय यादवले एक कार्यक्रमका बिच हर्षाहामा सञ्चालित अमन हेल्थ केयर हस्पिटल आज समुदघाटन गर्नुभएको छ ।
उदघाटन गरेसँगै अमन हेल्थ केयर हस्पिटल विधिवत रुपमा आजदेखी सञ्चालन भएको हो ।
हस्पिटलको उदघाटन पछि आयोजित उदघाटन समारोह कार्यक्रमलाई सम्बोधन अतिथीहरुले साँचिक्कै जनताको सेवामा लाग्नेमा आफुहरु आशावादी रहेकोे बताउनु भएको छ ।
अत्याधुनिक सुविधा सम्पन्न हस्पिटल सञ्चालन भएकोले रौतहटवासीलाई स्वास्थ्य उपचारका लागि अब टाढा जानुपर्ने बाध्याता अन्त्य हुने उनीहरुले बताएका हुन । अमन हेल्थ केयर हस्पिटलले गरिव वर्गलाई उपचार गराउन सहयोग गर्न अतिथीहरु आग्रह गर्नु भयो ।

स्वास्थ्य संयोजक यादवको प्रमुख आतिथ्यता तथा हस्पिटलका सञ्चालकको अध्यक्षतामा आयोजित उदघाटन कार्यक्रममा राजेश प्रसाद पटेल,मो.अबदुल्लाह सहित स्थानिय भद्रभलादमी,बुद्धिजिवीहरुको उपस्थिती रहेको हस्पिटलका सञ्चालक मो.महफुज रेहमानले जानकारी दिनु भयो ।