July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

नगर प्रमुख यादवद्धारा माँ लक्ष्मी युवा क्लबको कार्यालय उद्धघाटन

रौतहट राम प्रबेश बैठा ३० गते
रौतहटको फतुवा विजयपुर वाड नं ३ स्थित मेवा बजारमा सोमबार माँ लक्ष्मी युवा क्लबको कार्यालय उद्धघाटन भएको छ । फतुवा विजयपुर नगरपालिका वडा नम्बर ३ को वडा अध्यक्ष दिपनारायण साहको अध्यक्षतामा भएको कार्यक्रममा फतुवा विजयपुर नगरपालिकाको नगर प्रमुख गोपालराय यादवद्धारा क्लबको कार्यालय (भवन) उद्धघाटन गरिएको हो ।

माँ लक्ष्मी युवा क्लबको अध्यक्ष विरेन्द्र कुमार प्रजापतिले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए । उनले स्वागत मन्तव्यको क्रममा ‘माँ लक्ष्मी युवा क्लब’ समाज विकासको लागि स्थापना गरिएको संस्था भएको हुनाले सबैको साथ मिलने छ । साथै अलानि जग्गाको संरक्षण गर्ने तथा सबै मिलेर जाने उनले बताए ।

उद्धघाटन कार्याक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख यादवले भने( धेरै दिनको प्रयासपछि आज हामीले क्लबको कार्यालय उद्धघाटन गर्न सक्यौँ । समाजलाई सकारात्मक दिशा तर्फ लैजानको लागि क्लबहरुको ठुलो भूमिका रहेको बताए । साथै उनले अगामी दिनहरुमा पनि क्लबलाई चाहिने सहयोग गर्ने वाचा गरेको हो । र सबैको साथ, सहयोग र माया यस्तै रहयो भने अगामी दिनमा क्लबको कचि भवनलाई हटाएर पकि भवनको निर्माण गर्ने अश्वासन दिए ।

कार्यक्रममा क्लबको उपलक्ष्यमा मधु देवी सचिव कृष्णन्दन बैठा , कोषाध्यक्ष अनिल कुमार बैठा सहसचिव समिर साह कानु सदस्य जयप्रकाश बैठा लगायतका २७ सदस्यि समितिको उपस्थिति र वडा नम्बर ३ को जनप्रतिनिधिहरु समाज सेवी युवा नेता शिक्षक शिक्षिका बुद्धिजीवी पत्रकार लगायतको उपस्थिति रहेको थियो ।