July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

हृदयघातले ग्रसित नेता कन्थमनी जयसवाल लामो उपचार पश्चात गृहजिल्ला फर्किए

रौतहट फाल्गुन २५ गते
लामो उपचार पश्चात लोकप्रिय नेता एवं समाजसेवी कन्थमणी प्रसाद जयसबाल गृह जिल्ला रौतहट फर्केका छ्न । गत फाल्गुन १० गते मंगलबार अचानक स्वास्थ्य अवस्था बिगी्रएर पछि उपचारको लागी काठमाडौँ लगीएको थियो । हृदयघात रोगले ग्रसित रहेको लोकप्रिय नेता १४ दिनको उपचार पश्चात बुधबार अस्पतालबाट डिस्चार्ज भएको थियो । बुधबार काठमाडौँको नर्विक हस्पिटलबाट डिस्चार्ज भै हेलिकप्टरबाट लोकतान्त्रिक समाजबादी पार्टि (लोसपा) का नेता जयसवाल रौतहट फर्केका हुन । अवतारण हुनु भन्दा अघि गरुडाको वरिपरि हेलिकप्टरलाई घुमाईएको थियो ।उहाँ आउनु भन्दा अघि बिहानै देखि उहाँका सर्मथक तथा कार्यकर्ताहरु फुलमाला लिई प्रतिक्षामा रहेको थियो । गरुडा नगरको एक फन्को मारी रौतहट जिल्लाको धरोहरको रुपमा रहेको गरुडा श्री राम सुगर मिल्सको प्राङ्गणमा हेलिकप्टर अवतारण भएपछि उहाका समर्थक, कार्यकर्ता तथा आफन्तहरुले उहालाइ स्वास्थ्य लाभको कामना गर्दै फुलमाला लगाएर भव्य स्वागत गरेका थिए । नेता जयसवालले आफ्नो स्वास्थ्य पुर्णरुपमा ठिक भएको बताउदै कार्यकर्ता र आफन्तहरुको माया सम्झिदै आखाँ रसाएका थिए ।नेता जैसवालले भाबुक हुँदैँ तपाईहरुको माया दुलार ममता प्यार स्नेह र भगवानको दुवाले म पहिलेँ झैँ ठिक भएर आएको बताए ।आफ्नो शरिरमा सास रहेसम्म समाजसेवा र राजनीति नछोड्ने नेता जैसवालले बताएका थिए ।आफू उपचारको क्रममा रहदा यहाका केही ब्यक्तिले मेरो बिषयमा नकारात्मक हल्ला गरेको प्रती मेरो ध्यानाकर्षण भएको नेता जयसवालले बताएका थिए । उनले हल्लाको पछि नलाग्न सम्पुर्णलाई आग्रह समेत गरेका छन् । कसैले मेरो बारेमा डाक्टरले अब नबोल्न ,नघुम्ने भनेको गलत प्रचार प्रसार गरेकोमा त्यस कुराहरुमा अलिकति पनि यथावत नरहेको र त्यस्ता बहेरुपियाहरुको कुरामा नलाग्न आफ्नो कार्यकर्ता तथा समर्थक नलाग्न ध्यानआकर्षण पनि गराए । कसैले मसंग डराएर मेरो मानिसहरुलाई लोभमा पार्न सक्ने जस्ता कार्य पनि गरेको तर मेरो समर्थकले अलिकति पनि डगमग नभएको कुराले थप साहस मिलेको उहाँले बताए । पहिले जस्तै फेरी म समाजसेवामा लाग्ने र तपाईहरुको दुख सुखमा घरदैलोमा आउने समेत प्रतिबद्धता पनि जनाए र बिश्वास दिलाए । नेता जयसबालले आफू सामाजिक कार्यमा सदैव अग्रसर रहने तथा जनताको लाई मरिमेट्ने समेत बताएका छन् । साथै मलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा साथदिने र मलाई माया दिनेहरु म रहुनजेल सम्म उहाँहरुको योगदान बिसने छैनौ बताए ।