रामप्रवेश बैठा रौतहट,फागुन २७ गते
रौतहट जिल्ला शस्त्र प्रहरीले स्रोत नखुलेको रकम सहित एक मानिसलाइ पक्राउ गरेको छ ।जिल्लाको दक्षिणी भेग बौधीमाई नगरपालिका वडा नम्बर ९ सरमुजवाबाट पक्राउ गरिएको प्रहरीले जनाएको हो । स्रोत नखुलेको करिब १९ लाख रुपैयाँसहित पक्राउ एक भारतीय नागरिक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारत पूर्वी चम्पारणका ४५ वर्षीय दीपनारायण प्रसाद रहेका छन् । शुक्रबार १८ लाख ७३ हजार नेपाली रुपैयाँसहित सशस्त्र प्रहरीकोे टोलीले पक्राउ गरेको हो । बि आर ०५ वाई २९७८ नम्बरको मोटरसाइकलको हेलमेट, सिटमुनि, तेलको ट्यांकी लगायतको भागमा पैसा लुकाएर ल्याएको प्रहरीले जनाएको हो ।
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय