राैतहट,फाल्गुन २१ गते
रौतहट जिल्लामा आज प्रेस चौतारी नेपाल मधेस प्रदेश अध्यक्षमा फणि महत चयन भएका छन् । महतकाे अध्यक्षतमा नयाँ कार्यसमिति चयन भएको छ ।
शनिबार चन्द्रपुरमा भएको प्रदेश अधिवेशनले महतकाे नेतृत्वमा कमिटी चयन गरेको हो ।
उपाध्यक्षमा अनिल तिवारी र उपाध्यक्ष (महिला) अर्चना परियार चयन भएका छन् । महासचिव गाैतम श्रेष्ठ चयन भएका छन् ।
सचिवको जिम्मेवारी भगलु मण्डल,ज्ञासु देवानले पाएका छन् ।
जितेन्द्र साह कोषाध्यक्षमा चयन भएका छन् । प्रदेश कार्य समिति सदस्यहरूमा रामपुकार राउत,बिना राउत,बिजय पटेल रहेका छन् ।
प्रेस चाैतारी नेपाल मधेस प्रदेशकाे प्रथम अधिवेशन सम्पन्न भएको । राैतहटकाे चन्द्रपुर नगरपालिकामा चाैतारीकाे प्रथम अधिवेशनकाे लागि मधेस प्रदेश भरिका चाैतारीका पत्रकारहरूकाे भेला भएका छन् । चन्द्रपुरकाे हाेटेल आराेहीमा प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनकाे प्रमुख अतिथिकाे रूपमा नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवाली रह्नु भएको थियाे भने विशष्ट अतिथिकाे रूपमा चाैतारीका प्रदेश ईन्चार्ज लालबाबु शेष,नेकपा एमालेकी नेतृ माननिय रेखा झा,एमाले राैतहट जिल्ला ईन्चार्ज उपेन्द्र साह,केन्द्रीय सदस्य कुन्दन कुशवाहा,कटहरिया नगरपालिकाका नगरप्रमुख सियाराम कुशवाहा,एमाले जिल्ला अध्यक्ष त्रिभुवन साह सहितका व्यक्तिहरू रहेका थिए ।
प्रेस चाैतारी मधेस प्रदेशकाे प्रथम अधिवेशनकाे उदघाटन प्रमुख अतिथि ज्ञवालीले गर्नु भँडुवा एको थियाे ।
More Stories
ठागा दासको अध्यक्षतामा ७७ सदस्यीय आम दलित मोर्चाको केन्द्रीय कमिटी गठन
श्री मा.बी.कर्कच गूठीमा निर्वाचनको प्रक्रियाबाट बिधालय व्यवस्थापन समिति चयन हुने
शिवनगर अस्पतालला एक महिनामा २ सुत्केरी महिलाको मृत्यु, अवस्था तनावग्रस्त ।