रौतहट ,फाल्गुन २१ गते
रौतहट जिल्लामा आज नेपाली काँग्रेस राैतहटकाे १४ औं जिल्ला अधिवेसन विवाद को कारण स्थगित भएको छ । काँग्रेस राैतहटकाे जिल्ला सभापतिकाे निर्वाचन स्थगित भएको छ । जिल्ला निर्वाचन अधिकृत दिपक राज रेग्मीले एक सूचना जारी गरि जानकारी गराउनु भएको छ ।
नेपाली काँग्रेस रौतहटको १४ औं जिल्ला अधिवेसन शनिबार बिहान ९ बजे देखि मतदान सुरु हुने भनिएको थियाे । तर प्राविधिक कारण देखाउँदै अधिकृत रेग्मीले आधिकारिक रूपमा निर्वाचन अर्को सूचना नहुन्जेलसम्मका लागि स्थगित गरिएको नेपाली काँग्रेस निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको हाे ।
हृदयनारायणको प्यानलमा उपसभापति महताब आलम, बिनोद गुप्ता रहेका छन् भने, सुनिल यादवको प्यानलबाट उपसभापति धिरेन्द्र कुमार सिंह र राम लोचन साह कलवार रहेका छन् ।
स्राेतका अनुसार आन्तरिक विवादकाे निर्वाचन स्थगित भएको बुझिएको छ ।
काँग्रेसकाे जिल्ला सभापतिकाे निर्वाचनलाई लिएर काँग्रेस काे नेता कार्यकर्ताहरू धेरै उत्साहित थिए । निर्वाचन स्थगन भएको खबर आए सँगै काँग्रेसकाे कार्यकर्ताहरूमा अन्याैलता छाएकाे छ ।
More Stories
खेतमा काम गरिरहेको किसान र गोरुको करेन्ट लागेर मृत्यु
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र