July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

कटहरिया नगर प्रवक्ता कुशवाहाकाे सराहनिय अभियान सामुदायिक बिधालयहरूमा गरे अंग्रेजी माध्यमकाे सुरूआत

राैतहट,फाल्गुन २२ गते
सबै विद्यार्थीहरु र अभिभावकहरू लाई सामुदायिक बिद्यालय प्रति आकर्षण बढाउन कटहरिया वडा नम्बर ४ भित्रकाे सामुदायिक विद्यालयहरूमा अंग्रेजी माध्यमबाट पनि पढाई सुरु हुने भएको छ ।
वडा नम्बर ४ काे सामुदायिक बिधालयहरूमा अंग्रेजी माध्यममा कक्षा सञ्चालन सहायताका लागि बिधार्थीहरूलाई शैक्षिक सामाग्री फर्निचर वितरण गरिएको छ । वडाकाे याेजना अन्तर्गत बेन्च,डेस्क,फर्निचर,कपि, अंग्रेजी माध्यमकाे पुस्तक,कटर,ईरेजर,पेन्टिङ सहितकाे शैक्षिक सामाग्री आज आईतवार वितरण गरिएको छ ।
आर्थिक वर्ष २०७८/७९ काे करिब ६ लाखकाे वडा स्तरीय याेजना अन्तर्गत साे सामाग्रीहरू वितरण गरिएको हाे । साे वडा अन्तर्गत रहेको श्री दलित प्राथमिक बिधालय बलिरामपुर,श्री ज्ञान प्राथमिक बिधालय टाेलापुर,श्री आधारभूत बिधालय टाेलापुर बिधालयमा साे सामाग्रीहरू कटहरिया नगर प्रवक्ता एवम् वडा नम्बर ४ का वडाध्यक्ष चन्दन कुशवाहाले हस्तान्तरण गर्नु भएको थियाे ।
आगामी शैक्षिक सत्रदेखि अंग्रेजी माध्यमबाट पढाई सुरु गर्ने तयारी गरेका हुन् । सामुदायिक विद्यालयमा पनि अंग्रेजी माध्यममा पढाई हुने भएपछि सरकारी बिधालयमा बिधार्थीकाे चाप बढ्ने भएको छ । नि:शुल्क रुपमा सामुदायिक विद्यालयमै अंग्रेजी माध्यमबाट पढाई सुरु हुने भएपछि गुणस्तर बढेर भविष्यमा सरकारी सुविधा र सहुलियत पाईने आशा सहित साे वडाका विद्यार्थी र तीनका अभिभावकहरु पनि मख्ख भएका छन् । उनीहरु निजि विद्यालयबाट आफ्ना छोराछोरीहरुलाई सामुदायिक विद्यालयमा भर्ना गर्न उत्सुकता देखाएका छन् ।
धेरै अभिभावकहरुले सामुदायिक विद्यालयबाट पनि गुणस्तरीय शिक्षा पाउन सकिने अपेक्षा गरेका छन ।
झन बोर्डिङको भन्दा धेरै कम खर्चमा अंग्रेजी माध्यममा पढाई हुन थालेपछि अभिभावकको आकर्षण पनि बढने भएको छ ।
वडा अध्यक्ष चन्दन कुश्वाहाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश साह रहनु भएको थियो ।
सामुदायिक विद्यालयमा विद्यार्थी नियमित विद्यालय आउने बानी बसाल्न, शैक्षिक गुणस्तर वृद्धि हुने उदेश्यका साथ सो समाग्री वितरण गरेको वडा अध्यक्ष कुशवाहाले बताउनु भयो । शैक्षिक गुणस्तर वृद्धि हुने उदेश्यका साथ सो समाग्री वितरण गरेको कुश्वाहाले बताउनु भयो ।
त्यस्तै वितरण कार्यक्रममा कटहरिया नपा वडा नं ४ का वडा अध्यक्ष कुशवाहाले भने वडा भरिका सम्पुर्ण बिधालयहरुलाई अग्रेँजी माध्यममा पठन पाठन गराउने वातावरण बनाउन कुनै कसर बाकि नराखिने बताउनु भयो ।
बितरण कार्यक्रम लाई सम्बोधन गर्दै कटहरिया नगरपालिकाका प्रमुख प्रसशकिय अधिकृत रामप्रकाश साहले गाउँको बिकास मात्र बजेटले हुन नसके भन्दै गाउँको समग्र बिकासका लागि शिक्षा नै जरुरी रहेकाे बताएका थिए । बिद्यार्थीहरुलाई बाल अवस्था देखि नै गुणस्तरिय शिक्षा प्राप्त भए पछि कुनै पनि देशमा पठन पाठन तथा कुनै कार्यमा जादा सफलता प्राप्त गर्ने बताउनु भयो । बिधालयको प्राङनहरुमा आयोजित सो कार्यक्रममा अतिथिहरु कटहरिया नपा वडा नं ४ अध्यक्ष एवम् नगर प्रवक्ता चन्दन कुशवाहा , प्रमुख प्रसाशकिय अधिकृत रामप्रकाश साह, योजना प्रमुख रामनरेश यादब ,शिक्षा संयोजक अनिल निधि ,प्रअ प्रभु महताे,प्रअ शंकर ,प्रअ श्याम यादव सहित बिधायालयका सम्पूर्ण शिक्षक बुद्धिजीवी लागायतका अभिभावकहरुहरुको उपस्थिती रहेको थियो ।