रामप्रवेश बैठा,रौतहट,फाल्गुन १७ गते
प्रेस चौतारी रौतहटले जिल्लाका क्रियासिल पत्रकारलाई प्रेस टि—सर्ट प्रदान गरेको छ । समाचार सम्प्रेषणमा खटिरहेका पत्रकारलाई चौतारीले प्रेस लेखिएको टि—सर्ट प्रदान गरेको हो । चौतारीले हजारौं मूल्य बराबरको ३० थान ज्याकेट प्रदान गरेको हो ।
मंगलवार मौलापुरस्थित चौतारीको रौतहट शाखाको कार्यालयमा भएको कार्यक्रममा प्रेस चौतारी रौतहटका अध्यक्ष उत्तम उपाध्यायले टि—सर्ट हस्तान्तरण गरेका थिए । सहयोगी दाता बाट प्राप्त भए लगत्तै प्रेस टि—सर्ट क्रियासिल पत्रकारलाई प्रदान गरेको चौतारीले जनाएको छ । फिल्डमा काम गरिरहेका पत्रकारको मनोवल बढाउनका लागि प्रेस टि—सर्ट उपलव्ध गराइएको प्रेस चौतारीका अध्यक्ष उपाध्यायले बताए । सो अवसरमा चौतारीका रौतहटका उपाध्यक्ष नन्दभूषण श्रीवास्तव,सचिव मुकेश कुमार साह,सह सचिव रामप्रवेश बैठा सहित चौतारीमा आबद्ध पत्रकारहरुको उपस्थिती रहेको थियो ।
More Stories
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय
रौतहटमा महापर्व छठको अवसरमा गाैरमा सम्मान तथा शुभकामना अदानप्रदान