July 25, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

भारतिय नागरिकहरुलाई भएन कार्वाही जिल्ला प्रशासन कार्यालय पर्सा मौन

 

  • पवन प्रसाद साह वीरगंज, पर्सा

भारतको बिहार राज्य स्थित आदापुर श्रीसियाकाला पन्चायत हरपुर ईनर्वा-४ का बासिन्दा महादेव साहका छोराहरु लगायत तिनीहरुका सम्मपुर्ण परिवारहरु झुठो विवरण पेशगरी नेपाल सरकार बाट साविक जिल्ला पर्सा गा.बि.स बगही वार्ड न:-३ हाल परिवर्तित बिरगंज मनपा वार्ड न:-२४ बाट मिति २०५४/०८/११ जिल्ला प्रशासन कार्यालय पर्सा बाट जारी नाप्रन: ०४४६१२८ लगायतका नागरिकता क्रमशः-
बुवा:- महादेव साह
छोराहरु:-
(१)स्व:शम्भु साह सोनार
(२) रामनाथ साह सोनार
(३)रामनरेश साह सोनार भन्ने बच्चा साह
(४)असर्फी साह सोनार
(५) दिगम्बर साह सोनार
र निजहरुका श्रीमती छोराछोरीहरु लगायतकाले प्राप्त गरेका छन। त्यही बिषयमा मिति २०७८/०७/०१ गते दर्ता न:-४५१ देशभक्त नेपालीको नामले उक्त नागरिकता छानबिन गरी कार्यवाहीको लागी जाहेरी समेत जिल्ला प्रशासन कार्यालय पर्सामा प्रधानमन्त्री कार्यालय तथा गृहमन्त्री कार्यालय समेतलाई बोदार्थ हुनेगरी परेकोछ। उक्त जाहेरी पछि गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यालय पर्सालाई मिति २०७८/०७/१५ गते जिल्ला प्रशासन कार्यालय पर्सालाई कार्यवाहीको लागी सिफारिस पत्र दर्ता न:-३०३ पठाएकोछ। उक्त पत्र २०७८/०७/३० गते दर्ता न: ०९०७ मा दर्ता शाखामा दर्ता समेत रहेको पाईएको छ। तर हालसम्म जिल्ला प्रशासन कार्यालयले निज विपक्षहरुलाई झिकाएर ब्यान समेत नगराएको अवस्था रहेकोछ। निजहरुले छोटो समयमै नेपाल तथा भारतको विभिन्न ठाउहरुमा अकुत सम्पत्ति समेत जोडेका छन। नेपाल तथा भारतमा विभिन्न किसिमको अवैध कार्य जस्तै लागुऔषध,जालीनोट,अवैध भारतिय नोटको कारोबार जालीनोट लगायतका कार्यगरी वीरगंजमा मात्र दर्जन भन्दा बढी ठाउँहरुमा घर जग्गा जोडिसकेका छन। नेपालमा आउँदा साईकल मर्मतको कामगर्ने रामनरेश साह सोनार भन्ने बच्चा साहले अहिले बिरगंजमा जयमा दुर्गे ज्वेलर्स जय मा दुर्गे मनि चेन्जर जय मा दुर्गे मनि ट्रान्सफर लगायतका मिटर ब्याजमा पैसा लगानी लगायतका कार्यहरु गरी अवैध सम्पती जोडेका छन। त्यसैगरी निजका दाजु रामनाथ साह सोनार समेतले सुनतस्करी लगायतका कार्यगरी काठमाडौको शुधन भन्ने सुन व्यवसायीको करिब ३ केजी सुन पच पारी अहिले बिरगंजको माईस्थान २ नम्बर रोडमा आर.के एण्ड सन्स नामक सुनचाँदी पसल आफ्नै घरमा संचालनमा राखेका छन। निजका छोराहरु मध्ये सन्दीप सरार्फले मिटर व्याजमा पैसा लगानी गरि बुवालाई सहयोग गर्दै आईरहेका छन। त्यसै गरी निजका दाजु स्व:शम्भु साह सोनारका जेठो छोरा गोपाल साह सोनारले घण्टाघरमा मनोकामन मनि ट्रान्सफर र मनि चेन्जर तथा सुनतस्करी गरि सानो समयमा अकुत सम्पती जोडन सफल भएका छन। त्यसै गरि दिग्मबर साह र असर्फी साहको छोराहरु समेत शंकर साह लगायतकाहरुले समेत अवैध कार्यगरी कमाएका सम्पतीको छानबिन गर्न मिति २०८७/०८/२० गते दर्ता न:-२३४० मा सम्पती शुद्धीकरण पुलचौक ललितपुरमा समेत निवेदन जाहेरी परेकोछ। यत्रो हुँदा समेत अहिलेसम्म ई द्वैध नागरिकहरुलाई कुनैपनि किसिमको कार्यवाही नहुदा सर्वसाधारणहरु छ्क्क परेका छन। र निजहरुले समेत हामीलाई कसैले केही गर्न सक्दैन। हाम्रो नेपालमा उच्च ओहोदाको मानिसहरुसंग उठबस छ। हामी कुनै एसपी र सिडिओ संग डराउदिनौ। कसैले केही ख्यासन सक्दैनन् भने खोक्दै बजारमा निर्धक्क आफ्नो अवैध व्यपार संचालनमा राखेका छन। अब यसलाई नगदनारायणमा सिमित राख्ने हो कि कार्यवाहीमा ल्याउने हो त्यो भने हेर्न बाकी नै रहेकोछ।