राैतहट,फाल्गुन १८ गते
राैतहट जिल्लाकाे चन्द्रपुर नगरपालिकामा रहेको गौतम होटलमा खाना र खेतीपाती सम्बन्धि सञ्चारकर्मी सँग छलफल कार्यक्रम सुरु भएको छ । साे कार्यक्रम दुई दिने अन्तरक्रिया कार्यक्रम बुधबार देखि सुरु भएको छ । नेपाल पत्रकार महासंघ रौतहट र खादका लागि कृषि अभियानकाे संयुक्त आयाेजनामा साे कार्यक्रम जारी रहेको छ ।
जिल्लाकाे चन्द्रपुर नगरपालिकामा साे कार्यक्रम चलिरहेको छ । ´खाना र खेतीपाती` समसामयिक सवालहरुमा संचारकर्मी संग पहिलो दिनकाे छलफलमा राैतहटका सञ्चारकर्मीहरूकाे सहभागीता रहेको छ । चन्द्रपुरको गौतम होटेलमा आज देखि सुरु भएको छ ।
नेपाल पत्रकार महासंघ र खाद्य को लागि कृषि अभियानद्वारा संचालित दुई दिने छलफल कार्यक्रममा खादका लागि कृषि अभियानका संयाेजक उद्धव अधिकारी र कृषि विज्ञ कृष्णप्रसाद पौडेलले खाना र खेतीपाती सम्बन्धि प्रकाश पारेका थिए ।
साे कार्यक्रममा वरिष्ठ पत्रकार एवम् मधेश मामिलाका जानकार चन्द्रकिशोर झाले मधेश तिरकाे कृषि क्षेत्रको अवस्था, विउ खादकाे समस्या, कृषि क्षेत्रमा देखिएको विकृति र विसंगतिलाई कसरी निर्मुल पार्ने विषयमा सञ्चारकर्मीहरुकाे भूमिका बारे प्रष्ट पार्नु भएको थियाे । कार्यक्रममा करिब दर्जनौं पत्रकार हरुको उपस्थिति रहेको थियोे ।सो कार्यक्रम नेपाल पत्रकार महासंघ रौतहट जिल्ला शाखाको अध्यक्ष प्रेम चन्द्र झा को अध्यक्षतामा कार्यक्रम सुरु भएको कार्यक्रममा बिभिन्न पुरानो बिसय मा राय सुझाव तथा बिभिन्न बिशय मा छलफल गर्दै कार्यक्रम भोलि सम्पन्न हुनेछ
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय