रौतहट,फाल्गुन १६ गते
नेपाल बिधुत प्राधिकरण मौलापुर वितरण केन्द्र बाट खटी गएको प्रहरी सहितको टोलीले बिधुत चुहावट गर्ने बाइपास मिटर सहित मोटर पक्राउ गरेको छ । सोमबार बिधुत चुहावट गरिहेको विभिन्न सामान जफत गरेको हो ।
बिधुत चुहावट बढेको भन्दै सुचना आउन थाले पछि प्राधिकरण मौलापुर प्रमुख संदिप कुमार दासले त्यस्तालाइ कार्यवाही गर्ने बताउँदै चुहावट नियन्त्रण टोलीलाइ खटाएका हुन् । इलाका प्रहरी कार्यालय मौलापुर र विधुत प्राधिकरणको संयुक्त टोलीले पक्राउ गरेको हो ।
सो टोली मौलापुर वितरण केन्द्र अन्तर्गतको विभिन्न गाउँमा पुगेको थियो । चुहावट नियन्त्रण टोलीले सो स्थानहरु बाट
मोटर १० थान ,१ थान बाइपास मिटर नियन्त्रणमा लिएको नेपाल बिधुत प्राधिकरण मौलापुर वितरण केन्द्रका प्रमुख दासले जानकारी गराएका हुन् ।
लाईन काट्ने तथा चुहावट नियन्त्रण कार्य जारी रहेकोले सम्बन्धित सबैमा सजग रहन , जरिवाना र लाईन काटिने झन्झटबाट मुक्त रहन सम्पूर्ण ग्राहकहरुमा मौलापुर वितरण केन्द्रले अनुरोध गरेको छ ।
More Stories
सरकारको मनोमानी कर र भ्रष्टाचारको विरोधमा आजपाद्धारा एकै दिन मधेसमा जागरण अभियान र काठमाडौंमा विरोध प्रदर्शन
दुई तिहाई बहुमतको धाक लगाउने प्रधानमन्त्री ओली मुलुकको समस्या समाधान गर्नमा असफल : प्रभु साह
‘हाथी र सुंगुरको दोस्ती’ जस्तै एमाले र कांग्रेसको गठबन्धन देखियो : प्रभु साह एमाले र कांग्रेसको