September 8, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

कटहरिया नगर प्रमुख सियाराम कुशवाहाले रिबन काटेर सो भवनको उदघाटन गर्नु भएको

 

रामप्रवेश बैठा फाल्गुन १६ गते
रौतहट जिल्लाको क्षेत्र नम्बर ३ अन्तर्गत कटहरिया नगरपालिका शिक्षा र स्वास्थ्य क्षेत्रमा एक पाइला अगाडी चालेको छ ।  जिल्लाको कटहरिया नगरपालिकामा रहेको एक बिधालयको नव निर्मित भवनको समुदघाटन गरिएको छ । सो नगरपालिकाको वडा नम्बर ५ स्थित रहेको श्री धन लक्षमी प्राथमिक बिधालयको नव निर्मित दुइ कोठे भवनको आज सोमबार उदघाटन गरिएको हो ।
एक कार्यक्रमका बिच नगर प्रमुख सियाराम कुशवाहाले रिबन काटेर सो भवनको उदघाटन गर्नु भएको हो । नगर स्तरीय योजना बाट करिब १९ लाखको लागतमा निर्माण भए पश्चात उदघाटन भएको श्री धन लक्षमी प्राथमिक बिधालयका प्रधानाध्यापक राकेश सोनीले जानकारी गराउनु भयो ।
उदघाटन कार्यक्रमलाइ सम्बोधन गर्दै नगर प्रमुख सियाराम कुशवाहाले नगर भरिको भौतिक पूर्वाधारको विकाललाई प्राथमितामा राखेर काम गरेको बताए । नगभरिमा विभिन्न महत्वपूर्ण योजनाहरु निर्माधिन अवस्थामा रहेको जानकारी समेत गराउनु भयो । सामुदायिक त्रिधालय लाइ अगाडी बढाउन आफू हर सम्भव प्रयासरक्त रहेको बताउनु भयो । शिक्षा र स्वास्थ्य क्षेत्रलाइ उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गरे ।
सो अवसरमा कटहरिया कटहरिया नपाका प्रमुख प्रशासकिय अधिकृत रामप्रकाश साह, नगरप्रवक्ता एवम् वडा नम्बर ४ का वडाध्यक्ष चन्दन कुशवाहा,नेकपा एमालेका नगर अध्यक्ष योगेन्द्र साह,शिक्षा संयोजक अनिल निधी,श्री नमूना जनता माध्यमिक बिधालय कटहरियाका प्रधानाध्यापक योगेन्द्र कुशवाहा,श्री मावि बगहीका प्रधानाध्यापक नबल किशोर ठाकुर,श्री मावि लक्षमिनिया दो. का प्रधानाध्यापक जयकिशोर साह,श्री प्रा.वि. बलुआका प्रधानाध्यापक रामानन्द साह,कार्यपालिका सदस्य रामप्रवेश साह,योजना प्रमुख रामनरेश यादव र मधेस मिडिया प्रा.ली अध्यक्ष पत्रकार राम प्रबेश बैठा पत्रकार र उदघोषक बजिकाञ्चल दैनिक पत्रिका अध्यक्ष राजु श्रीवास्तव लगायतका बिभिन्न नेता कार्यकर्ता को  उपस्थिती रहेको थियो ।