रौतहट फाल्गुन १५ गते
रौतहट जिल्ला क्षेत्र नं ३ अन्तर्गत देवाही गोनाही नगरपालिकाको नगर प्रमुख धर्मेन्द्र पटेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंबाट डिएसपी पुष्प मल्लको नेतृत्वमा खटिएको टोलिले दुई लाख पचास हजार नगद तथा दुई लाख पचास हजारको चेकसहित अख्तियारको टोलिले मेयर कक्षबाटै रङ्गे हात पक्राउ गरेको श्रोतले जनाएको छ। पक्राउ गरेका छन्।मेयर पटेल सहित योजना, लेखापाल र मेयरका पिएसहित अदुवाको टोलिले नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको स्रोतको भनाइ छ। देवाही नगरपालिका को वरिपरि बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ नगरपालिका भित्र टोलीले सोधपुछ गरिरहेको बुझिएको छ। थप बिवरण आउन बाँकी छ।
More Stories
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय
रौतहटमा महापर्व छठको अवसरमा गाैरमा सम्मान तथा शुभकामना अदानप्रदान