रविन्द्र साह रौतहट १४ गते
कुख्यात भारतीय तस्कर सुनिल कुमार गुप्ताले भारतीय नागरिक ढाटी चोर बाटो बाट नेपाली नागरिकता प्रमाणपत्र प्राप्त गरेकोले जिल्ला प्रशासन कार्यालय पर्साले पक्राउ गर्न प्रहरी परिचालन गरेको छ।
तस्कर गुप्ता नेपालको रौतहट जिल्ला गरुडा नगरपालिका वार्ड न.५ शिबनगरमा बिबाह गरि पर्सा जिल्ला प्रशासन बिरगंज बाट नकली आमा, बुबा खाडा गरि नेपाली नागरिकता प्रमाणपत्र प्राप्त गरेका हुन् ।
तस्कर गुप्ताको स्थाई घर भारत बिहार राज्यको पुर्बी चम्पारन जिल्ला जिहुली वार्ड न.५ भइ उनको अधार कार्ड रसन कार्ड मतदाता क्रम सख्या ८२६ र तिनका श्रीमति रजना देबिकि ८१७ रहेकोमा तिनको नाममा जिल्ला प्रशासन कार्यालय पर्सा बिरगंजमा उजुरी परेपछि छानबिन अगाडी बढाएको हो।
गुप्ताको आफ्नी श्रीमति रन्जना देबि भन्ने रजना कुमारी गुप्ता भारतीय नागरिकको सम्पुर्ण सुबिधा प्राप्त गरेपनि अविवाहित नेपाली नागरिकता प्रमाणपत्र न.२११२ रौतहट जिल्ला प्रशासन गौर बाट प्राप्त गरेकी छिन।जबकि रन्जना गुप्ताको बिबाह भारतीय नागरिक सुनिल गुप्ता भएपछि भारतीय अधारकार्ड रासन कार्ड , मतदाता क्रम सख्या प्राप्त आधारले दोहोरो नागरिकको सुबिधाले हदसम्म कानुनी कार्वाहीको माग उजुरीमा उल्लेख गरिएको छ।
रन्जना पनि सुन र लागू औसधिको कारोबारमा सल्गन रहेको समाचार स्रोत बाट खुलेको छ।
सुनिल गुप्ताको आफ्नो पैत्रिक गाउँ भारत बिहार राज्य थाना पताही ग्राम पन्चायत जिहुली डाक घर जिहुली प्रखन्ड पताही अञ्चल पताही अनुमन्डल पकडी दयाल गाउ जिल्ला पुर्बी चम्पारणमा बाजे राम आशिष साह , बुबा राजाराम साहले जग्गा जमिन तथा औसधि पसल र ब्यपार ब्यसाय रहेको हुदाहुदै पर्सा जिल्ला प्रशासन बिरगंज बाट आफ्नो वतन बिरगंज महानगरपालिका वर्डा न.७ देखाई नाम वतन र राष्ट्रियता ढाटी नेपाली नागरिकता प्रमाणपत्र न.३४३०२२/४४० प्राप्त गर्न सफल भएको हो।
श्रीमाण सुनिल गुप्ता र श्रीमति रन्जना गुप्ता यता १० वर्षमा बिरगंजमा करोडौं रुपैया बराबरको चल अचल सम्पत्ति आर्जन गरेको हो। तिनीहरु नेपाल भारतको खुला सिमाको फैइदा उठाउदै अनेकौं अबैध कारोबारमा सल्गन रहेको स्थानीय नरेश गुप्ताको भनाइ रहेको छ।
यता सुनिल गुप्ता र रन्जना गुप्ताको विरुद्धमा नेपाली नागरिकताको लागि खारेजी र हदैसम्म कानुनी कार्वाहीको माग जिल्ला प्रशासन कार्यालय पर्सा बिरगंज , प्रधानमन्त्रीको कार्यालय सिंहदरबार र गृहमन्त्रालय सिंहदरबारमा परेपछि प्रहरीले खोजतलास सुरु गरेको छ
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय