July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको माधोपुरमा लोसपाको पार्टी प्रवेश कार्यक्रम सम्पन्न

रौतहट,फाल्गुन १४ गते
रौतहटमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालको पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको माधवनारायण नगरपालिकाको माधोपुर बजारमा लोसपाको बृहत् पार्टी प्रवेश कार्यक्रमको आयोजन गरिएको थियो । सो नगरपालिकाको वडा नम्बर ६ माधोपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।
कार्यक्रमको प्रमुख अतिथिको रूपमा पूर्व मन्त्री एवम् रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित संघिय सांसद अनिल कुमार झा रह्नु भएको थियो । कार्यक्रम सञ्चालन शिवशंकर झाले गर्नु भएको थियो भने स्वागत मन्तव्य संजय साहले राख्नु भएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेस,माओवादी,जनता समाजवादी परित्याग गरि लोकतान्त्रिक समाजवादी पार्टीमा दर्जनौं मानिसहरु प्रवेश गरेका थिए । सो कार्यक्रममा गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ता,लोसपा नेता अनिल सिंह,वडाध्यक्ष शेष जमसैद,लोसपाका जिल्ला अध्यक्ष एवम् माधवनारायण नगरपालिकाका मेयर प्रत्यासी लिला साह सहित लोसपा नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।