July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटमा राष्ट्रिय शिक्षक संघ गठनका लागि झाको संयोजकत्वमा समिति गठन

रौतहट,फाल्गुन १३ गते
रौतहट जिल्लाको गरुडामा शिक्षकहरुको भेला समन्न भएको छ । राष्ट्रिय शिक्षक संघ गठन प्रयोजनका लागि भेला बोलाइएको थियो । श्री माध्यमिक बिधालय गरुडामा आज शुक्रवार सो संघमा आवद्ध हुन चाहने जिल्ला भरीका शिक्षकहरु जम्मा भएका थिए । बयोवृद्ध शिक्षक फेकु ठाकुरको सभाध्यक्षता तथा लोसपा नेपाल रौतहटका अध्यक्ष लिला प्रसाद साहको विशेष उपस्थितीमा शिक्षकहरुको बैठक बसेको थियो ।
बैठक बाट राष्ट्रिय शिक्षक संघको जिल्ला संयोजन समिति गठन गरिएको छ । गठित समितिको संयोजकमा शिवशंकर झा,सदस्यहरुमा शेख चान्द अलि ,दिलिप कुमार झा , देवनारायण साह, प्रतिमा कुमारी,अरुण कुमार सिंह,अरुण कुमार झा रहेका छन् ।
बैठक पछि पत्रकारहरु सँग कुराकानी गर्दै संयोजक झाले राष्ट्रिय शिक्षक संघलाइ मूर्त रुप दिनका लागि बैठक बसेको बताए । यसै वर्ष भित्र जिल्ला कमिटी गठन गर्ने योजना रहेको बताए । हुन लागेको जिल्ला अधिवेशनमा सहभागि भइ राष्ट्रिय शिक्षक संघका आबद्ध भएर अगाडी बढाउन आग्रह गरे ।