July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटमा पहिलो पटक प्रेस चौतारी नेपाल शाखाको कार्यालय उदघाटन गर्नु भएको पुर्व मन्त्री प्रभु साह

रौतहट १३ गते फाल्गुन
रौतहट जिल्ला मा आज प्रेस चौतारी नेपाल रौतहट शाखाको कार्यालय स्थापना गरिएको छ ।जिल्लाको मौलापुर नगरपालिकामा रहेको रास्ट्रीय बाणिज्य बैंकको माथिल्लो तल्लामा प्रेस चौतारी नेपाल रौतहट शाखाको कार्यलय स्थापना गरिएको हो । सो कार्यलयको पुर्व सहरी विकास मन्त्रि तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साह र नेपाल कम्युनिष्ट पार्टी एमालेका जिल्ला अध्यक्ष त्रिभुवन साह उर्फ अमर जी र मौलापुरकि मेयर रिना साहले संयुक्त रुपमा उद्घाटन गर्नु भएको छ । कार्यक्रममा बोल्दै पुर्व मंत्री साहले सूचना प्रविधिको विकासले फड्को मारे संगै पत्रकारिता क्षेत्र सहज हुँदै गएको बताउनु भयो ।
समाचार लेख्दा विषयवस्तुको गाम्भिर्यता बुझी सत्य र तथ्यपूरक सूचना सम्प्रेषणमा मात्र जोड दिनुपर्ने बताउनुभयो।यसले पत्रकारको क्षमता अभिवृद्धि हुने र समग्रमा पत्रकारिता जगतको नै विश्वसनियता एवं प्रभावकारिता बढ्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा बिभिन्न संघठन परित्याग गरी प्रेस चौतारीमा प्रवेस गरेका छन् । नवप्रवेसीहरुलाई पुर्व मन्त्री साहले टिका-माला र दोसल्ला ओढाई संघठनमा स्वागत गर्नु भयो । कार्यक्रम प्रेस चौतारी रौतहटका अध्यक्ष उत्तम कुमार उपाध्यायको अध्यक्षता मा सम्पन्न भएको हो। यस्तै आज (शुक्रवार) कार्यालयमा बोर्ड राख्नुका साथै संगठनका गतिविधिका विषयमा छलफल समेत गरिएको शाखा सचिव मुकेस साह र सहसचिव राम प्रबेश बैठा बजिकाञ्चल दैनिक पत्रिका अध्यक्ष राजु श्रीवास्तव लगायतका बिभिन्न नेता कार्यकर्ता को रोहबर र जिल्लाको सम्पूर्ण संचारकर्मी को रोहबरमा
प्रेस चौतारी रौतहटमा नँया कार्यसमिति चयन भएपछि तिब्रताका साथ आफ्ना गतिविधिहरु गरिरहेको उहाँले बताउनुभयो । प्रेस चौतारी अबदेखि संस्थागत रुपमा अघि बढ्ने भन्दै साहले चौतारीमा गोलबन्ध रहेका सबैलाई एउटै छाहारी प्रदान गरिने बताउनुभयो । उहाँले आगामी दिनमा प्रेस चौतारीका सबै गतिविधि कार्यालय मार्फत हुने जानकारी दिनुभयो । कार्यालय स्थापनासंगै झोलामा कार्यालय राख्ने परिपाटीको अन्त्य भएको साहको भनाई छ ।सो कार्यक्रममा बिभिन्न संगठनका संचारकर्मीको उपस्थिती रहेको थियो ।