July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

कटहरिया नगर प्रवक्ता चन्दन कुशवाहा को सर्हानिय कार्य सम्पन्न

राम प्रबेश बैठा फाल्गुन १२ गते
रौतहट जिल्ला क्षेत्र नं ३ अन्तर्गत कटहरिया नगरपालिका वडा नम्बर ४ मा आज औषधी हस्तान्तरण गरिएकाे छ । नेपाल सरकारले नि:शुल्क रूपमा उपलब्ध गराउँदै आएकाे आैषधी बाहेककाे अति आवश्यक औषधीहरू वडाकाे बजेट बाट खरिद गरि आज एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हाे । कटहरिया नगरपालिकामा पहिलोपटक वडा बाट औषधी खरिद गरिएको हाे । सम्भवतः जिल्लामा नै पहिलोपटक याे अभियान चलाईएकाे हाे । लाेकप्रिय यूवा नेता कटहरिया नगरप्रवक्ता एवम् वडा नम्बर ४ का वडाध्यक्ष चन्दन कुशवाहाकाे याे कामकाे सराहना गरिएको छ । अन्य ठाउँमा सरकारले उपलब्ध गराएकाे अाैषधी पाउन गाह्रो भईरहेकाे बेला वडाध्यक्ष कुशवहाकाे याे कदम एकदमै सराहनीय छ । स्वास्थ्यके क्षेत्रमा उत्कृष्ट सेवा दिईदै आएकाे कटहरिया नगरपालिकाकाे नगर प्रवक्ताकाे याे अभियान अन्य वडाध्यक्षले आत्मसात गरि आफनाे वडा बाट यसरी नै अाैषधी खरिद गरि हस्तान्तरण गर्नुहुनेछ । साे कार्यक्रममा प्रमुख प्रशासिकय अधिकृत रामप्रकाश साह,पूर्व गाबिस अध्यक्ष आदरणीय श्री जादाेलाल महताे सहितका व्यक्तिहरूकाे उपस्थिति रहेकाे थियाे ।