July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

कटहरिया ४ आधारभूत स्वास्थ्य केन्द्र टोलापुरमा प्रवक्ता कुशवाहाले गरे औषधी हस्तान्तरण

रौतहट ,फाल्गुन १२ गते
रौतहट जिल्ला क्षेत्र नं ३ अन्तर्गत कटहरिया नगरपालिका वडा नम्बर ४ मा आज औषधी हस्तान्तरण गरिएको छ । बिहिवार एक कार्यक्रमका बिच औषधी हस्तान्तरण गरिएको छ । कार्यक्रमको अध्यक्षता वडाध्यक्ष चन्दन कुशवाहाले गर्नु भएको थियो भने प्रमुख अतिथीको रुपमा कटहरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामप्रकाश साह रह्नु भएको थियो ।
टोलापुर स्वास्थ्य केन्द्रलाई अत्यावश्यक औषधी हस्तान्तरण गरिएको छ । वडाध्यक्ष कुशवाहाले नेपाल सरकारबाट प्राप्त हुने भन्दा फरक (स्थानीय स्तरमा आवश्यक) औषधी खरिद गरी बिहिवार स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेका हुन् । वडाध्यक्ष कुशवाहाले दर्जनौ प्रकारका औषधी हस्तान्तरण गरेका हुन् । समुदायको आवश्यकताको आधारमा स्वास्थ्य केन्द्रले माग गरेका औषधीहरु खरिद गरि हस्तान्तरण गरेका हौं’ वडाध्यक्ष कुशवाहाले भने, ‘यो सहयोगले सर्वसाधारण लाभान्वित हुन्छन् भन्नेमा विश्वस्त छु ।’ हस्तान्तरण कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत साहले हरेक सर्वसाधारणमा स्वास्थ्यको पहूँच पु–र्याउनका लागि औषधी सहयोगले टेवा पुग्ने बताए ।

नेपाल सरकारले निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको औषधी बाहेकको अति आवश्यक औषधीहरू वडाको बजेट बाट खरिद गरि आज एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो । वडाको बजेट बाट करिब १ लाख बराबरको औषधी खरिद गरिएको स्वास्थ्य केन्द्र टोलापुरका इन्चार्ज दिपेन्द्र प्रसाद यादवले जानकारी गराउनु भयो ।
कटहरिया नगरपालिकामा पहिलोपटक वडा बाट औषधी खरिद गरिएको हो । सम्भवतः जिल्लामा नै पहिलोपटक यो अभियान चलाईएको हो । लोकप्रिय यूवा नेता कटहरिया नगरप्रवक्ता एवम् वडा नम्बर ४ का वडाध्यक्ष चन्दन कुशवाहाको यो कामको सराहना गरिएको छ । अन्य ठाउँमा सरकारले उपलब्ध गराएको औषधी पाउन गाह्रो भईरहेको बेला वडाध्यक्ष कुशवहाको यो कदम एकदमै सराहनीय छ । सो कार्यक्रममा प्रमुख प्रशासिकय अधिकृत रामप्रकाश साह,पूर्व गाबिस अध्यक्ष जादोलाल महतो,वडा सचिव बच्चेलाल साह,श्री ज्ञान मन्दिर प्रा.वि.का प्रधानाध्यापक शंकर साह,वडा सदस्य मिना देवी,भु.पु. वडाध्यक्ष लालबाबु यादव,आयुर्वेद शाखा प्रमुख रामप्रकाश यादव नेपाल पत्रकार महासंघ रौतहट जिल्ला शाखाको कार्य समिति सदस्य राम प्रबेश बैठा बजिकाञ्चल दैनिक पत्रिका अध्यक्ष राजु श्रीवास्तव सहितका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।