July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

कटहरिया ९ मा वडाध्यक्ष रामाअज्ञा यादव द्वारा स्टेसनरी सामान वितरण

राैतहट,फाल्गुन ०९ गते
राैतहटकाे कटहरिया नगरपालिकाकाे वाड नं ९ मा बिधार्थीहरूलाई स्टेसनरी सामाग्री वितरण गरिएकाे छ । साे नगरपालिकाकाे वडा नम्बर ९ डुमरिया टाेलमा रहेकाे सामुदायिक बिधालयमा स्कुल बैग सहितका सामानहरू बितरण गरिएको छ ।
श्री आधारभूत बिधालय डुमरियामा अध्ययनरत कक्षा ६ मा पढ्ने बिधार्थीहरूलाई आईतवार एक कार्यक्रमका बिच वितरण गरिएको हाे । साे बिधालयमा अध्ययनरत २४ जना बिधार्थीहरू लाई स्कुल बैग,पाेशाक,पेन,पेनसील,कटर, ईरेजर सहितका सामानहरू दिईएकाे हाे । साेहि वडाका वडाध्यक्ष रामअज्ञा प्रसाद यादव द्वारा कक्षा ६ मा पढ्ने सम्पूर्ण बिधार्थीहरू लाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हाे ।
ब्रेक थ्रु एक्सन नेपाल द्वारा साे शैक्षिक सामाग्रीहरू प्रदान गरिएको हाे । बालविवाह तथा उमेर नपुगि र जबर्जस्ती गरिने विवाह न्यूनीकरणका लागि स्थानीय संरचना सुदृढीकरण परियाेजना अन्तर्गत वितरण गरिएको छ ।
साे अवसरमा वडा सदस्य निन्दा शेखिन,प्रधानाध्यापक रामएकवाल पटेल,शिक्षक राजकिशाेर पासवान,सुनिल यादव,अरविन्द यादव सहितका व्यक्तिहरूकाे उपस्थिति रहेकाे नेकपा एमालेका यूवा नेता शंकर यादवले जानकारी गराउनु भएको हाे ।