July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको राजपुरमा किशोरी सिकाई केन्द्रको गरियो संयुक्त अनुगमन

राम प्रबेश बैठा फाल्गुन ०८ गते
रौतहट जिल्लाको राजपुर नगरपालिकामा किशोरी सिकाई केन्द्रको संयुक्त अनुगमन गरिएको छ । यूके एड को आर्थिक सहयोग र पिन नेपालको प्राबिधिक सहयोगमा तथा आसमान नेपालको आयोजनामा संचालित आरम्भ परियोजना अन्तर्गत संचालित राजपुर नगरपालिकाको विभिन्न किशोरी सिकाई केन्द्रहरुको अनुगमन गरिएको छ
राजपुरको बिभिन्न वडामा संचालित किशोरी सिकाई केन्द्रहरुमा नगर प्रमुखको अध्यक्षतामा आइतबार संयुक्त अनुगमन सम्पन्न गरिएको छ । अनुगमनमा राजपुर नगरपालिकाका नगर प्रमुख मो.सकिल अख्तर, उपप्रमुख जफिरा खातुन,नि.प्रमुख प्रसकीय अधिकृत बैजु ठाकुर, बिभिन्न वडाका वडा अध्यक्ष,महिला तथा बालबालिका शाखा प्रमुख जुनैदा खातुन, शिक्षा संयोजक शेष एजाजुल हक खाँ,स्वास्थ्य शाखाको कहफुल,सामाजिक बिकास शाखाको हरिन्द्र साह त्यसै गरि आसमान नेपालका कार्य समितिको सदस्य रामप्रबेश राय यादव,कार्यक्रम संयोजक जमुना श्रेष्ठ,अनुगमन संयोजक बिन्दु गुरुङ,बाल संरक्षण अधिकृत सपना सेन्चुरी,लोजेस्टिक अधिकृत प्रविन जोशी,सामुदायिक संलागत अधिकृत अमिता यादव, शिक्षा अधिकृत अरविन्द कुमार साह लगायत संचारकर्मीको उपस्थिति रहेको थियो ।
राजपुर नगरपालिकामा ४० वटा किशोरी सिकाई केन्द्र मार्फत ८९० जना किशोरीहरु सो किशोरी सिकाई केन्द्रमा अध्ययनरत रहेका छन् । जस मध्ये वडा नं ३,६,७ र ८ मा रहेको ८ वटा केन्द्रको अनुगमन गरिएको छ । अनुगमनको क्रममा किशोरीहरुको प्रगति बिवरण, सिकाई स्तर,केन्द्र व्यवस्थापन समिति, चेन्ज च्याम्पियन र अभिभावकको सहयोग तथा आएका समस्याहरुको बारेमा छलफल गरिएको थियो । अनुगमन पश्चात समीक्षाको क्रममा शिक्षा संयोजक खाँले किशोरीहरुको भर्ना गराउने देखि लिएर पाउने सेवा सुबिधा समेतमा नगरपालिकाको सहयोग रहने बताउनु भयो । त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले सबै किशोरीलाई नगर पालिकाबाट सेनीटरि पैड उपलब्ध गराउने,किशोरी सिकाइ केन्द्रलाइ आगामी दिनमा पनि नियमित गराउन नगरपालिकामा पहल गर्ने जानकारी गराउनुको साथै आसमान नेपाललाई धन्यबाद ज्ञापन गर्नु भएको थियो ।