पवन प्रसाद साह
वीरगंज, पर्सा
संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा ध्दारा वीरगंज मा ७१ औ प्रजातन्त्र दिवस को अवसरमा प्रजातन्त्र दिवस समारोह सम्पन्न भएकोछ।
वीरगंज स्थित घण्टाघर चौकमा MCC को बिरुद्ध तथा हिन्दु राष्ट्र र राजसंस्था स्थापना गराउन को निमित्त एक समारोहका बिच कार्यक्रम सम्पन्न भएको छ।
उत्क कार्यक्रम संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा पर्साका अध्यक्ष शम्भु प्रसाद चौरसिया को अध्यक्षतामा तथा प्रमुख अतिथि तारानाथ लुइटेल को उपस्थिति रहेको थियो।
साथै अतिथि को रुपमा बरिष्ठ अधिवक्ता बिष्णु भटराई,शोमराम थापा,केशव ढुंगाना, चन्द्रशेखर यादव, श्रीजना वाग्ले ,बिश्वनाथ साह,गया हजरा , उदित सहनी लगायत को उपस्थिति रहेको थियो।
उत्क कार्यक्रम मा ब्कत्ब्य को क्रममा प्रमुख अतिथि तरानाथ लुइटेल ले देश मा हिन्दु राष्ट्र र राजसंस्थाको को आवश्यकता रहेको बताएका थिए।
त्यसै क्रममा बक्तब्य कै क्रममा बरिष्ठ अधिवक्ता बिष्णु भटराई ले देश लोकतन्त्र र गरतन्त्र आए देखी नै नेपाल मा लुटतन्त्र भएको बताएका थिए साथै देस लाइ नेपाली काँग्रेस , नेकपा एमाले, नेकपा माओवादी लगायतका दलहरुले लुटतन्त्र मचाएको बताएका थिए।
बक्तब्य कै क्रममा संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा का केन्द्रिय सदस्य विश्वनाथ साह ले हिन्दु राष्ट्र र राजसंस्था छिटै फर्कने बताएका थिए।
उत्क कार्यक्रम लाइ समापन गर्दै संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा पर्साका अध्यक्ष शम्भु चौरसिया ले नेपाल मा MCC लागु गरेर अफगानिस्तान जस्तो बनाउन खोजिरहेका हाम्रा देश का नेताहरु ले यो कुनै हालतमा लागु हुदैन लागु गर्न खोज्यो भने हामि देस भर आन्दोलन गर्ने बाध्यहुने चौरसिया ले बताए।
तथा अतिथि को रुपमा बरिष्ठ अधिवक्ता बिष्णु भटराई,शोमराम थापा,केशव ढुंगाना, चन्द्रशेखर यादव, श्रीजना वाग्ले ,बिश्वनाथ साह,अजय पौडेल, गया हजरा , उदित सहनी लगायत को उपस्थिति रहेको थियो।
More Stories
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय
रौतहटमा महापर्व छठको अवसरमा गाैरमा सम्मान तथा शुभकामना अदानप्रदान