July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

मौलापुर विधुत चुहावट नियन्त्रण टोलि द्वारा मिटर छड्के तथा जाँच

रौतहट फाल्गुन ०५ गते
मौलापुर विधुत चुहावट नियन्त्रण टोलि द्वारा मिटर छड्के तथा जाँच गरिएको छ । वितरण केन्द्र अन्तर्गत पर्ने विभिन्न ठाउँहरुमा आज छड्के चेकजाँच गरिएको छ । आज बिहिवार मौलापुर वितरण केन्द्र रौतहटको चुहावट नियन्त्रण टोलि द्वारा मिटर छ्ड्के तथा जाँचको क्रममा बौधिमाइ नगरपालिको सरमुजवामा १ सय थान थान सिङ्गल फेज मिटर रिसिलिङ्ग गरिएको मौलापुर वितरण केन्द्रका प्रमुख संदिप कुमार दासले जानकारी गराउनु भएको हो । फेला परेको चुहावट २ थान बाइपास मिटर खोली आवश्यक कारबाहीको लागि कार्यालयमा ल्याइएको जनाएको छ ।
लाईन काट्ने तथा चुहावट नियन्त्रण कार्य जारी रहेकोले सम्बन्धित सबैमा सजग रहन , जरिवाना र लाईन काटिने झन्झटबाट मुक्त रहन मौलापुर वितरण केन्द्रले विनम्र अनुरोध गरेको छ ।