रामप्रवेश बैठा,रौतहट,फाल्गुन ०५ गते
रौतहट जिल्लाको कटहरिया नगरपालिकाको एक वडामा छात्रवृति रकम वितरण गरिएको छ । सो नगरपालिकाको वडा नम्बर १ भसेढवा पारसनगर स्थित रहेको एक प्रथमिक बिधालयमा छात्रवृति रकम वितरण गरिएको हो ।
छात्रवृति रकम प्रधानाध्यापक सुशिला कुमारी कुशवाहाको अध्यक्षता वितरण गरिएको थियो । सो विधालयमा अध्ययनरक्त करिब १ सय ५५ जना विधार्थीहरु लाइ छात्रवृक्ति वितरण गरिएको प्रधानाध्यापक कुशवाहाले जानकारी गराउनु भयो । शैक्षिक सत्र २०७६।७७ र ७७।७८ को लागि आएको रकम ८५ हजार रकम वितरण गरिएको वहाँले बताउनु भयो । सो अवसरमा स्थानिय भद्रभलादमी,बुद्धिजिवी,अभिभावक,शिक्षकहरुको उपस्थिती रहेको थियो ।
More Stories
रौतहटको गरुडा नगरपालिका यसै आर्थिक वर्षमा आफनै प्रशासकिय भवनमा सर्ने :- नगर प्रमुख जयसवाल
निर्माण व्यवसायी मैत्री आर्थिक कानुन बनाउन माग
मधानी महोत्सव : नेपाल र भारतका चर्चित पुरुष र महिला पहलवानको दंगलसंगै सम्पन्न