July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

बाल निकेतन विद्यालय बरेडवामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

रामशरण यादव,फाल्गुन ५ गते
रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा न.३ विर्तिप्रस्टोकाको बरेडवा टोलमा आज मोमताज राय भांटको पहलमा अनौपचारिक रुपमा गाउका वुद्धिजिवि, जनप्रतिनिधि, शिक्षक र गाउका अभिभावहरुको भेला भई विद्यालयको एजेण्डाहरुमा बसेर छलफल गरेका छन्।
विद्यालयको पठनपाठन, विद्यालयको उत्तरोन्नत्ति, अपुग शिक्षक माग, विद्यालय व्यवस्थापन समिति गठन गर्न पहल गर्ने, विद्यालयको स्रोतसाधन संरक्षण र हेरचाह गर्ने र अभिभावकहरुले पनि हेरचाह गर्ने सम्बन्धमा छलफल गरेका छन्, ।
उक्त छलफल कार्यक्रममा श्री बालनिकेतन आधारभुत विद्यालयका प्र.अ.सुरेन्द्रठाकुर, वडा सदस्य बुनिलाल साह सोनार र रामसागर पटेल, पूर्व अध्यक्ष बिक्रम साह सोनार, सोनालाल ठाकुर र उमेश सोनी गाउका अन्य भद्रभलादमी तथा अभिभावकहरुको उल्लेखनिय उपस्थिति रहेको थियो । यस विषयमा प्र.अ.सुरेन्द्र ठाकुर संग प्रतिक्रिया लिदा गांउका आम जनसमुदायले उल्लेखित एजेण्डाहरुको लागि कटहरिया नगरपालिकामा पहल गरेमा हामि प्रतिबद्ध छौं भनेर वहाले प्रतिक्रिया दिनुभएको छ ।