July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको बिर्तामा मुख्यमन्त्री राउतले गरे जनसेवा इमरजेन्सी हस्पिटल उदघाटन

 

रौतहट ,फाल्गुन ०४ गते

रौतहट जिल्लाको मध्य भाग गरुडा नगरपालिका स्थित बिर्तामा बुधबार देखी अत्याधुनिक सुविधा सम्पन्न जनसेवा इमरजेन्सी हस्पिटल प्रा.लि. सञ्चालनमा आएको छ ।
मधेश प्रदेश का मुख्यमन्त्री लालबाबु राउतले बिर्तामा सञ्चालित जनसेवा इमरजेन्सी हस्पिटल प्रा.लि. आज समुदघाटन गर्नुभएको छ ।
मधेश प्रदेश का मुख्यमन्त्री राउत र भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादव दुवैजनाले संयुक्त रुपमा आयोजित एक समारोहका बीच उक्त हस्पिटलको उदघाटन गर्नुभएको छ ।
मुख्यमन्त्री राउत र कृषि राज्य मन्त्री यादवले उदघाटन गरेसँगै जनसेवा इमरजेन्सी हस्पिटल प्रा.लि. विधिवत रुपमा आजदेखी सञ्चालन भएको हो ।
हस्पिटलको उदघाटन पछि आयोजित उदघाटन समारोह कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राउतले जनसेवा इमरजेन्सी हस्पिटल साँचिक्कै जनताको सेवामा लाग्नेमा आफु आशावादी रहेकोे बताउनुभएको छ ।
रौतहटमै अत्याधुनिक सुविधा सम्पन्न हस्पिटल सञ्चालन भएकोले रौतहटवासीलाई स्वास्थ्य उपचारका लागि अब टाढा जानुपर्ने बाध्याता अन्त्य भएको मुख्यमन्त्री राउतले बताएका हुन । जनसेवा इमरजेन्सी हस्पिटल प्रा.लि.ले गरिव वर्गलाई उपचार गराउन सहयोग गर्न मुख्यमन्त्री राउतले आग्रह गर्नु भयो ।
हस्पिटलको उदघाटन गर्न रौतहट आउनुभएका मुख्यमन्त्री राउत र राज्य मन्त्री यादवलाई रौतहटका जनताले भव्य स्वागत गरेका छन ।
मुख्य मन्त्री राउतको प्रमुख आतिथ्यता तथा हस्पिटलका सञ्चालकको अध्यक्षतामा आयोजित उदघाटन कार्यक्रममा विशिष्ट अतिथिको रुपमा जनता समाजवादी युवा संघका केन्द्रिय अध्यक्ष एवं कृषि राज्य मन्त्री योगेन्द्र यादव, प्रदेश २ का विकास समितिका सभापति एवं प्रदेश सांसद शेख फुलबाबु,गौर नपाकी उपमेयर किरण ठाकुर, जसपा नेता ब्रिजकिशाेर यादव, कौशल खान मिथिला लगाएतका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो भने कार्यक्रम सञ्चालन प्रदेश २ का दलित विकास समितिका सदस्य राजकुमार दासले गरेको हस्पिटलका सञ्चालक लखिन्द्र कुमार गुप्ताले जानकारी दिनु भयो ।