धर्मेन्द्र कुमार यादव-महाेत्तरी
महोत्तरी जिल्लाको गौशाला नगरपालिका १२ मा एक गर्भवती महिलाको बेवारिसे शव हत्या गरी फालेको अवस्थामा फेला परेको छ ।
गाैशाला नगरपालिका स्थित सागरनाथ वन परियोजना अन्तर्गत रहेको जंगलमा शव बरामद भएको छ। जंगलमा रहेका रेल्वे ट्रायाक भन्दा करिब ५ सय मिटर भित्र जंगल क्षेत्रमा महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रबक्ता प्रकाश बिष्टले जनाएको छ । दाउरा काट्न जंगल गएको बेला स्थानिय ले महिलाको सव देखे पछी प्रहरी चौकी कान्ति बजारलाइ जानकारी दिएको थियो।
बेबरिसे अवस्थामा फेला परेको शव करिब २६-२७ वर्षीया पहिचान नखुलेको मधेष मुलकी महिलाको रहेको प्रहरीले जनाएको छ । महिला गर्भवती अवस्थाको रहेको र घाटी थिचेर मारेको कारन डाम समेत देखिएकोले उनको हत्या भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ । हत्या कुना कारन भएको चेक जाछ गर्न लालगढमा रहेका डग शाखा बाट टोली बोलाइ खोजतलास गारिएको छ। हत्याको कारन र हत्या गर्ने मानिसको पहिचान छिटै हुने प्रहरीले बताएको छ।
मंगलवार साझ कारिब ५ बजे एक जना अपरचित पुरुषले दुई बालकलाइ होटलमा छडेर भागेका थिए। हत्या भएको महिला ती दुई बलकको आमा हुनसक्ने आशंका समेत गरिएको स्थानियले बताएका छ। शवको दुबै खुट्टामा लगाइएको रंग र बालकको टाउकोमा लागेको रंग मिलेको कारन दुबै बालक आमा हुन सक्ने आशंका गरिएको छ।
घटना स्थलमा प्रहरी पुगी सवको मुचुल्का उठाई परिक्षणको लागि जलेश्वर अस्पताल पठाइएको कुरा प्रहरीले बताएको छ।
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय