रामप्रवेश बैठा,रौतहट,फाल्गुन ०३ गते
तामागढी साझेदारी वन व्यवस्थापन समूहले व्यापक रुपमा अनियमितता गरेको भन्दै यूवाहरु द्धारा घेराउ गरेका छन् । बारा जिल्लाको कोल्हबी नगरपालिकामा रहेको सो कार्यालयका अध्यक्षको मिलोमतोमा व्यापक अनियमितता भइरहेको रहस्या बाहिर आएको छ । सो वडा नगरपालिकाको वडा नम्बर ४ पुरानो काँटा टोलमा रहेको कार्यालयमा आक्रोशित यूवाहरु पुगेका थिए ।
सो नगरपालिकाको वडा नम्बर १ देखि ११ सम्म सबै वडाका स्वः स्फर्त यूवाहरुले साझेदारीमा भइरहेको अनियमितताको पोल खोल्न पत्रकारहरुलाइ बोलाएका थिए । साझेदारीका अध्यक्ष रविन्द्र पनोहरले गैर कानुनी रुपमा वनका काठहरु बेचेको उनीहरुको आरोप छ । बिना बिलको मनपरी हिसाबले साझेदारीको कार्यालयमा राखेका काठहरु बेचेको यूवाहरुले आरोप लगाएका छन् ।
आक्रोशित यूवाहरु पुग्दा त्यहाँ केही बेर स्थिती तनावपूर्ण भएको थियो । यूवाहरुको समूह आउने खबर पाए लग्तै साझेदारीका अध्यक्ष सहित सबै कर्मचारीहरु फरार भएका थिए । प्रहरीले आक्रोशित यूवाहरुलाइ समझाइ बुझाइ फर्काएका थिए ।
यस विषयमा साझेदारीका अध्यक्ष रविन्द्र पनोहर सँग बुझदा आफूलाइ लिखित रुपमा वहाँहरुले केहि जानकारी नगराएको बताए । साझेदारीको बारेमा केहि भए हामी छलफल गर्न तयार रहेको बताउनु भयो ।
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय