July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

होटल तथा पर्यटन व्यवसायी संघ रौतहट द्धारा राज्यमन्त्री यादवलाई स्वागत

रौतहट , फाल्गुन ०२ गते
राैतहटमा होटल तथा पर्यटन ब्यबसायी संघकाे स्वागत कार्यक्रम सम्पन्न भएको छ । होटल तथा पर्यटन ब्यबसायी संघ रौतहटले आज साेमबार मधेश प्रदेश सरकारका नव नियुक्त राज्यमन्त्री नागेन्द्र राय यादव लाई स्वागत गरेको छ ।
जिल्लाको चन्द्रनिगाहपुर स्थित हिमालय होटलको सभाहलमा स्वागत कार्यक्रमकाे आयाेजन गरेकाे थियाे । आयोजित कार्यक्रममा राज्यमन्त्री यादवलाई बधाई एबम स्वागत गरेको हो । सो कार्यक्रम लाई सम्बाेधन गर्दै राज्यमन्त्री यादवले मधेश प्रदेशमा आफुले उधोग पर्यटनको क्षेत्रको बिकासको लागि काम गर्ने बताउनु भयो । यादवले भने नेपालको धनको रुपमा रहेको हरियो बनको संरक्षणमा समेत नीतिगतरुपमै क्रियाशिल रहने बताउनु भयो । जब सम्म उधोग र पर्यटनको क्षेत्रमा बिकास गर्न सकिदैन तब सम्म युवाहरुलाई रोजगारी दिन नसकिने भएकाले यसतर्फ आफु गम्भिर भएर काम गर्ने बताउनु भयो ।
सो कार्यक्रममा होटल ब्यबासयी सुरेन्द्र सापकोटाले स्वागत मन्तब्य राख्नु भएको थियो भने चन्द्रपुर नगर उधोग बाणिज्य संघका सचिब सुनिल साहले कार्यक्रम संचालन गर्नु भएको थियो । होटल तथा पर्यटन ब्यबसायी संघ रौतहटका अध्यक्ष अरुण लामाको सभापतित्वमा कार्यक्रम भएको थियाे । कार्यक्रमको समापन गर्दै अध्यक्ष लामाले पर्यटकको आवास गृहको रुपमा रहेको होटल ब्यवसायको सम्बर्द्धनमा समेत मधेश प्रदेशको सरकारको ध्यान पुग्न जरुरी रहेको बताउनु भयो ।