July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

शहिद दिवस को अवसरमा शहिद सपना पुरा गर्दैछ=पुर्व मन्त्री प्रभु साह

राम प्रबेश बैठा रौतहट ,फाल्गुन ०१ गते

राैतहट जिल्लामा सहिदकाे नाउँमा निर्माण भएको भवन र पार्ककाे उदघाटन गरिएको छ । जनयुद्व दिवसकाे अवसरमा राैतहटकाे फतुवा बिजयपुर नगरपालिका वडा ९ बिजयपुरमा सहिद मनरूप महताे स्मृति भवनकाे उदघाटन गरिएको छ । त्यस्तै भैसहिमा रहेकाे तथा मनरूप सहिद पार्ककाे पनि उदघाटन गरिएको छ । पूर्व मन्त्री प्रभु साह एवम् नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले एक कार्यक्रमका बिच साे भवनकाे उदघाटन गरेका हुन् ।
साे भवनकाे प्रांगणमा आयाेजित एक कार्यक्रमका बिच एमाले नेता साहले साे भवनकाे समुदघाटन गर्नु गरेका हुन् । माओवादी जनयुद्धकाे क्रममा सहादत प्राप्त गरेका तत्कालीन माओवादीका वीर सहिद मनरूप महताेकाे समझनामा पूर्व मन्त्री साहले उनकै नामले मनरूप महताे सहिद स्मृति भवन तथा सहिद मनरूप महताे स्मृति पार्क निर्माण गरि उदघाटन गरेका हुन् ।
२०५७ सालमा भएको जनयुद्वकाे क्रममा फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ११ एवम् फतुवा बिजयपुर नगरपालिकाकि उपमेयर कान्ति देवि महताेकाे श्रीमान् मनरूप महताे विरगती प्राप्त गरेका थिए ।
एमाले नेता साहले उदघाटन गरेसँगै आजै देखि साे भवन सञ्चालनमा आएकाे छ । सञ्चालनमा आएकाे साे भवन २ तल्ले भवन करोडौंकाे लागतमा २८ वटा भन्दा बढी काेठा रहेकाे छ । आज देखि सुचारु भएको भवन सर्वसाधारणकाे विवाह,व्रतबन्ध आदि कार्यका लागि प्रयाेग गरिनेछ ।
साेहि नगरयालिकाकाे भैंसहिमा याे भवनकाे उदघाटन गर्नु भन्दा अघि सहिद मनरूप महताे पार्ककाे आजै समुदघाटन गरिएको छ ।
साे कार्यक्रममा नेता साहले सहिद परिवारलाई सम्मान दाेसल्ला ओढाई नगद सहित सम्मान गरिएको थियाे ।
साे अवसरमा नेकपा एमालेका केन्द्रीय सदस्य कुन्दन कुशवाहा,एमालेका राैतहट ईन्चार्ज उपेन्द्र साह,नेकपा एमाले जिल्ला अध्यक्ष त्रिभुवन साह,कटहरिया नगरप्रमुख सियाराम कुशवाहा,माैलापुर नगरप्रमुख रिना कुमारी साह,फतुवाबिजयपुर नगरपालिकाकि उपमेयर कान्ति देवि महताे,नेकपा एमाले नगर अध्यक्ष बिजय यादव निर्बिज देवाहीगाेनाही नगरपालिकाकी उपमेयर परनिया देवी पटेल,नेकपा एमालेका बबन सिंह,वडाध्यक्ष संजय प्रसाद,नेता पलट चाैधरी,माैलापुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबाबु साह लगायतका बिभिन्न नेता कार्यकर्ता वाडाध्यक्ष सहितका व्यक्तिहरूकाे उपस्थिति रहेकाे थियाे ।