July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहट जिल्ला क्षेत्र नं ३ अन्तर्गत मौलापुरमा मधानी महोत्सव फाल्गुन १७ गते हुने

 

राम प्रबेश बैठा रौतहट ,माघ २९ गते
रौतहट जिल्लाको मौलापुरमा मधानी महोत्सव फाल्गुन १७ गते हुने भएको छ । मौलापुर नगरपालिकाले आज मधानी महायज्ञ २०७८ को सम्बन्धमा पत्रकार भेटघाट कार्यक्रम आयोजन गरि सो जानकारी गराएको हो । पुरातात्विक महादेव मन्दिरको प्रांगनमा आज जिल्लाको विभिन्न मिडियामा आबद्ध भएका पत्रकारहरु भेला गराइ सो जानकारी गराइएको हो ।
नेपालको धर्तीमा शिव–पार्वतीको विवाह उत्सवलाई मौलिक अनुष्ठानको रूपमा मनाइने प्राचीन मधानी यज्ञलाई अन्तर्राष्ट्रीय स्तरमा स्थापित गर्न मौलापुर नगरपालिकाद्वारा मनाईदै आएको मधानी महोत्सव विगत वर्षहरुझैं यस वर्ष पनि ानाइने भएको छ ।
सो महोत्सवमा नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपि शर्मा ओलीको प्रमुख आतिथ्य तथा नेपाल – भारतका सुप्रसिद्ध सुपरस्टारहरु राजेश हमाल, खेसारीलाल यादव लगायतका दर्जनौं चर्चित कलाकारहरुको विशेष प्रस्तुतिका रह्ने मौलापुर नगरपालिकाकी नगरप्रमुख रिना कुमारी साहले जानकारी गराउनु भएको हो ।
पतौरा पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचिमा पुर्याउने लक्ष्य सहित मौलापुर नपाको आयोजनामा आयोजित यी र यस्ता समारोहले अन्तर्राष्ट्रीय स्तरमा व्यापक प्रचार प्रसार, पयर्टन प्रबर्द्धन सहित यस धर्तीको गौरव र गरिमामा समेत विशेष बढोत्तरी हुने विश्वासका साथ अगाडी बढिरहेको उनले बताए ।
मधानी महोत्सव २०७८ को तयारी पुरा भएको मौलापुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबाबु साहले जानकारी गराउनु भयो । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मौलापुर नगरपालिकाले मधानी महायज्ञको आयोजना गर्दै आएको छ ।

आज (शनिबार) मौलापुर नगरपालिकाले पतौरास्थित पुरातात्त्विक महादेव मन्दिर परिसरमा पत्रकार सम्मेलन आयोजना गरी मधानी महायज्ञ विशेष समारोह आयोजनामा हुने कार्यक्रम सार्वजनिक गरेको छ ।
सो महोत्सवमा व्यापारीहरु,खेल तमासा व्यवसायीहरु बाट आयोजकले कुनै किसिमको कर नलिइने मौलापुर नगरपालिकाले जनाएको छ । पत्रकार सम्मेलनमा मधानी महायज्ञ अवधी २०७८ फाल्गुन १६ गते देखि १७ गते सम्म हुने क्रियाकलापहरुको बारेमा समेत जानकारी गराइएको छ । फाल्गुन १६ गते बिहान ११ बजे मौलापुर स्मार्ट सिटि भुमी पुजन,हवन,अष्याम,शिवचर्चा प्रारम्भ,फाल्गुन १७ गते बिहान १०ः३० बजे मौलापुर स्मार्ट सिटि भुमी पुजन,हवन,अष्याम ,शिवचर्चा समापन, फाल्गुन १७ गते बिहान ११ बजे मधानी महायज्ञ विशेष समारोह २०७८ समुदघाटन, फाल्गुन १७ गते बिहान १ बजे नेपाली एवं भारतीय चर्चित कलाकारहरु द्धारा सांस्कृतिक प्रस्तुती, फाल्गुन १७ गते बेलुका ७ बजे महादेव विशेष आरती हुने आयोजकले जनाएको हो ।