रामप्रवेश बैठा,रौतहट,माघ २९ गते
रौतहटको फतुवा विजयपुरमा निर्माण भएको शहिद मनरुप महतो स्मृति भवन र पार्क उदघाटनको सम्पूर्ण तयारी पुरा भएको छ । भोली आइवार फाल्गुन ०१ गते हुने उदघाटनको लागि सम्पूर्ण तयारी पुरा भएको नेकपा एमाले फतुवा विजयपुर नगरपालिकाका नगर अध्यक्ष बिजय यादव निर्बिजले जानकारी गराउनु भएको हो । पत्रकारहरु सँग कुराकानी गर्दै वहाँले उदघाटनके समपूर्ण तयारी पुरा भएको बताए ।
फतुवा विजयपुर नगरपालिकामा शहीद मनरुप महतो स्मृति भवन तथा पार्क निर्माण पश्चात उदघाटन हुने भएको छ । नेकपा माओवादीको रौतहटको प्रथम सहिद महतोको नाउँले फतुवा विजयपुर ९ मा स्मृति भवन तथा वडा ११ भैंसहीमा स्मृति पार्क निर्माण गरिएको हो ।नयुद्धको क्रममा फतुवा विजयपुर ११ भैंसहिका माओवादी कार्यकर्ता मनरुप महतो रौतहटका पहिलो शहीद हुन । महतोको मकवानपुर र सिन्धुलीको सिमानामा रहेको तोरीबारिमा २०५७ साल भदौ ५ गते आफैले बम बनाएर चेक गर्ने क्रममा दुर्घटनावश मृत्यु भएको थियो ।
तराई मधेस सहिद स्मृति प्रतिष्ठानको लगानी तथा चन्दा सहयोगमा ३ कठा जग्गा खरिद गरेर २ करोड भन्दा बढीको लगानीमा भवन निर्माणको काम पूरा भैसकेको तथा स्मृति पार्कको निर्माण कार्य भइसकेको यादवले बताए ।
जनयुद्ध दिवसको अवसरमा फागुन १ गते पूर्व मन्त्री तथा एमाले स्थायी कमिटी सदस्य प्रभु साहले स्मृति भवन र पार्कको उद्घाटन हुने निर्धारण गरिएको यादवले जानकारी दिए ।
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय