रौतहट,माघ २९ गते
रौतहट प्रहरीले सता गठबन्धन र उधोगपतीको आडमा फरार प्रतिवादी पक्राउ गर्न छोडेको खुलासा भएको छ । सम्मानित जिल्ला आदालत पक्राउ पुर्जी जारी गरेपनि प्रहरीले पक्राउ गर्न मानेको छैन् । प्रहरीले सवारी ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ गर्न आनाकानी गरिरहेको छ ।
सम्मानित बारा जिल्ला अदालतबाट मिति २०७८ साल पुष १४ गते पक्राउ पुर्जी जारी गरेको थियो । बारा जिल्लामा उखु लोड भएको सवारी दुर्घटना भएको थियो । दुर्घटनामा ट्रैकटर चलाइरहेका जियालाल हजराको छोरा २४ वर्षिय सुकदेव हजरा निधन भएको थियो । घटना पश्चात हजराको परिवार न्यायका लागि आदालतमा पुगेको थियो ।
आदालतले रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर ९ डुमरिया टोल बस्ने ना २ त १२५३ नम्बरको ट्रैकटर धनि प्रेमलाल साहको नाउँमा पक्राउ पुर्जि जारी गरेको थियो ।
साह लाइ खोजतलास एवम् पक्राउ गरी बारा जिल्ला आदालतमा दाखिला गर्न आदेश भएको थियो । तर उक्त आदेशको अवज्ञा गरी प्रहरी पक्राउ गर्न मानेको छैन् । खुलम खुला घुमिरहँदा पनि प्रहरी समाउन सकेको छैन् । प्रतिवादी साह सता गठबन्धन पक्षका एक जना मेयर प्रत्यासीका काका हुन् । गठबन्धनकै बलमा उनलाइ प्रहरीले पक्रन सकेको छैन् ।
हजरा परिवार वषौं देखि न्याय खोजीमा छन् । प्रहरी स्रोतका अनुसार साह जिल्ला सरकारी वकिल मार्फत हाजिर भइसकेकोले पक्राउ गर्न नमिल्ने बताएको हो ।
More Stories
प्रभु साहको प्रश्न, ‘साम्प्रदायिक तनाव एवं कफ्र्यूको सकसमा वीरगंजबासी बाचिरहदा सरकार किन मौन ?’
२१ औ शताब्दीको कार्यकर्ताले नेताहरुको कुकर्मलाई स्वीकार्दैनन् : प्रभु साह
प्रधानमन्त्री ओलीको दोहोरो चरित्रले देश र जनताले दुख पाईरहेको छ : प्रभु साह