July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

नव नियुक्त राज्यमन्त्री यादवलाई गृह जिल्ला रौतहटमा गरियो भब्य स्वागत

 

रौतहट । माघ २४ गते

मधेस प्रदेश सरकारका नव नियुक्त राज्यमन्त्री नागेन्द्र यादवलाई गृह जिल्ला रौतहटमा भब्य स्वागत गरिएको छ ।
नेकपा एकीकृत समाजबादी पार्टीको तर्फबाट धदेश प्रदेशमा प्रदेश सांसद नागेन्द्र यादवले आईतवार मधेस सरकारको उधोग पर्यटन वन तथा वातावरण राज्यमन्त्रीमा सपथ लिएपछि गृह जिल्ला रौतहट आउनु भएको थियो ।
रौतहट निर्वाचन क्षेत्र नं.३ (क) बाट प्रदेश सांसदमा निर्वाचि यादव पहिलो पलट मन्त्री बने पछि सो क्षेत्रमा खुशियाली छायको हो ।
जिल्लाको गुजरा नगरपालिका जयराजपुर निवासी यादव आफनो राजनितीक यात्रा एमालेबाट शुरु गरेका थिए । पछिलो समय ओलीले गरेको संसद बिघटन पछि एमालेबाट बिद्रोह गरेर पुर्वप्रधानमन्त्री माधव नेपालको नेतृत्वमा नया पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) गठन भएको हो ।
प्रदेश दुईमा पाँच दलीय गठबन्धनको सरकार रहेकोमा अहिले आएर (एस) बाट उनि मन्त्री भएका छन ।
समाजसेवामा निरन्तर सक्रिय रहेका यादव मन्त्री भएपछि निजलाई बधाई दिन सामजिक संजालमा शुभचिन्तकहरु सक्रिय भएका छन ।
राज्यमन्त्री भएको भोली पलट यादव आफनै निवास जयराजपुरमा आयोजना गरिएको कार्यकर्ता भेटघाट कार्यक्रममा स्थानियहरुले भव्य स्वागत गरेका थिए ।
जनप्रिय नेता यादवले जनताको काममा सदै अहोरात सम्म खटिने नेताको रुपमा परिचित हुन । निर्वाचित भएको कार्यकाल सकिन्न लाग्ने अवस्थामा उनी राज्य मन्त्री बनेका हुन ।
मन्त्री भएपछि गाउमा आउदा गाउलेहरु निकै उत्साहित भएका छन । जिल्लामा पिछडिएका गाउ अब मन्त्री यादवको नामले चिनिने स्थानियहरुले बताएका थिए ।
यस अघि गत मंसिर ५ गते नेकपा एकीकृत समाजवादीबाटै उद्योग वन पर्यटन तथा वातावरण मन्त्रीमा शत्रुधन महतो र प्रदेश मामिला तथा कानुनमन्त्रीमा प्रमोद यादव मधेस सरकारमा सहभागी भइसकेका छन्।
स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै शुरुमा राज्यमन्त्री यादवले कार्यकर्ताहरु अब निराश नहुन आग्रह गरेका थिए । उनले आउदो बैशाखमा हुने सबै तहका निर्वाचनमा पार्टीलाई थप मजबुत बनाउन सबै क्षेत्रबाट आफना उमेदवारहरुलाई जिताउन सक्रिय भएर लागन नेता कार्यकर्ताहरुलाई आग्रह गर्नु भएको थियो ।
पार्टी मजबुत भए देशमा बिकाशले गतिलिने उनको भनाई रहेको थियो । देशैभरी र खाश गरी मधेश प्रदेशमा एकीकृत सामजबादी पार्टी झनै कमजोर रहेको भन्दै पत्रकारहरुले गरेको प्रश्नमा जवाफ दिदैं मन्त्री यादवले अहिले
(एकीकृत सामजबादी पार्टी )मा जनता प्रवेश गर्ने लहर चलेको भन्दै आउने निर्वाचनबाट कुन पार्टीको अवस्था कस्तो होला भन्नेर बताएका थिए । उनले पार्टीमा लागेका कार्यकर्ताहरुलाई मनोबल नघटाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका थिए ।
साथै मन्त्री यादवले आफु पाएको जिम्मेवारीको सहि सदउप्योग गर्ने यो मन्त्रालयले बाकीं राखेका कार्यभार पुरा गर्दै जाने प्रतिवध्ता ब्यक्त गर्नु भयो ।