आरके श्रीवास्तव,रौतहट,माघ २३ गते
मधेश प्रदेशमा नेकपा ९एकीकृत समाजवादी० बाट आज राज्यमन्त्री थपिएको छ ।
विधायक नागेन्द्र राय यादव उधोग पर्यटन वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त भएका छन् ।
मुख्यमन्त्री लालबाबु राउत र समाजवादीबीच भएको सहमतिअनुसार राज्य मन्त्री थपिएका हुन् ।
रौतहट निर्वाचन क्षेत्र नम्बर ३ ९क० बाट निर्वाचित नागेन्द्र राय यादवलाई उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री नियुक्त भएका हुन् ।
यादवलाई आजै राज्यमन्त्री नियुक्त गरिएको प्रदेश सांसद यादवका सहयोगी ऋषि तिवारीले जानकारी गराउनु भएको हो ।
मुख्यमन्त्री राउतले यसअघि जसपाका रामनरेश रायलाई बर्खास्त गरेर एकीकृत समाजवादीका तर्फबाट शत्रुधन महतोलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र प्रमोद यादवलाई कानुन, न्याय तथा प्रदेश सभा मामिला मन्त्री नियुक्त गरेका थिए।
मधेश प्रदेशमा नेकपा एकीकृत समाजवादीलाई दुई मन्त्री र एक राज्यमन्त्री दिने सहमति थियो ।
मधेशमा जसपा, नेपाली कांग्रेस, एकीकृत समाजवादी र नेकपा माओवादीको सरकार छ ।
प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा मुख्यमन्त्री राउतले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त हुनु भएका नेकपा एसका प्रदेश सभा सदस्य नागेन्द्र राय यादवलाई सपथ गराउनु भएको हो ।
More Stories
श्रमिकको न्यूनतम तलब २८ हजार हुनुपर्ने माग गर्दै श्रममन्त्रीलाई फेडरेशनको ध्यानाकर्षण पत्र
पुर्वमन्त्री प्रभु साहको प्रश्न : न्यायालयको विकृति हटाउनुपर्छ भन्नु अपराध हो ?
मन्त्री गुप्तालाई बदनाम गराउदै हाकिम गुप्ता ,गोप्य टेन्डरको अड्डा बन्यो रौतहटको ईशनाथ ।