राैतहट,माघ २१ गते
बेमौसमी वर्षाबाट बालीनालीमा क्षति पुगेपछि राैतहटका किसानलाई समस्या भएको छ ।
माघकाे अन्ततिर परेको बर्षाले मसुराे,केराउ,मटर,तरिकारी खेति तथा दलहन बालीमा नराम्ररी क्षति पुगेपछि किसान समस्यामा परेका हुन् ।
राैतहटका अधिकांश स्थानमा मसुराे र तरकारी बालीमा क्षति पुगेको किसानहरूले बताएका छन् ।
कटहरिया नगरपालिका–४ का बिक्रम कुशवाहाले तरकारी खेतीमा पानी जमेकाे कारणले क्षति भएको बताए । तरकारी खेतिमा पानी जमेको कारण पमपिङ्ग सेट लगाएर पानी निकाल्नु परेको बताए । वर्षाका कारण बारीमा लगाएको तरकारी नष्ट नभएपछि चिन्ता परेका हुन् ।
बिहिवार रातिदेखि परेको अविरल वर्षाले राैतहटमा मसुराे बालीसँगै तरकारी बालीमा समेत नोक्सान गरेको छ । किसानको सयौं बिघामा लगाएका गोभी, भाण्टा, गोलभेडा र खुर्सानीलगायत मौसमी तरकारीबालीमा वर्षाको पानीले नोक्सान गरेको हो । बर्षाले तरकारी बाली क्षति पुगेपछि यहाँका किसान चिन्तामा छन् ।
More Stories
खेतमा काम गरिरहेको किसान र गोरुको करेन्ट लागेर मृत्यु
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र