July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

प्रेस चौतारी रौतहट जिल्लाको साताैं अधिवेशन सम्पन्न

रौतहट,माघ २२ गते
प्रेस चौतारी रौतहटको अध्यक्षमा पुनः अध्यक्ष उतम कुमार उपाध्याय सर्वसहमतिमा निर्वाचित भएका छन ।
रौतहटको चन्द्रनिगाहपुरमा सनिवार सम्पन्न सातौं जिल्ला अधिवेशनले उपाध्यायको अध्यक्षतामा १९ सदस्यीय चौतारीको जिल्ला कमिटि गठन गरेको हो । चौतारी उपाध्यक्ष नन्दभुषण श्रीवास्तब,मन्जु मानन्धर महिला समाबेसी,सचिव मुकेश साह,सहसचिव रामप्रवेश बैठा,राकेश यादव र कोषाध्यक्ष अमृत सापकोटा चुनिएका छन । त्यसैगरी सदस्यहरुमा रामशरण यादव,राजु कुमार श्रीवास्तव,कमल यादव,राजकुमार यादव,शागर ठाकुर,स्मिथ रजक,देवेन्द्र यादव,जयन्ती झा,कल्याणी झा लगायत रहेका छन ।
प्रेस चौतारीका केन्द्रिय सदस्य फणिदेव महत,बरिस्ठ पत्रकार संजय मिश्रा र एमालेका जिल्ला सचिव बालबिक्रम कार्की समिलित अध्यक्ष मण्डलले चौतारीको रौतहट जिल्ला कमिटी सर्वसहमतिमा चयन गरेको थियो ।
प्रेस चौतारीको उदघाटनसत्रमा केन्द्रिय सदस्य महत,बरिस्ठ पत्रकार मिश्रा,चौतारीका केन्द्रिय लेखा समिति सदस्य रमेश तिमल्सिना,एमाले जिल्ला सचिव बालबिक्रम कार्की,सेन्टर अध्यक्ष सुब्बा कार्की ,युनियनका शागर हुमागांई,नेपाल खेलकुद महासंघका स्थायी समिति सदस्य अशोक पहाडी ,नेपाल पत्रकार महासंघका प्रदेश सदस्य सैलेन्द्र झा,एमाले चपुर नपा सचिव राजेन्द्र तिवारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।