July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

कृषि अनुदानको नाममा कार्यकर्ता पालन पोषण कृषि प्राविधिक दर्शन

माघ २२ गते

महिला स्वरोजगारमा पाइने भनेको विना धितो ऋण कुन वैंकले दियो? यी कुरामा मात्रै सीमित भएका छन्।कृषि बजारमा कृषकले ल्याएका उब्जनीको मुल्य निर्धारण छैन, विचौलियाले फाइदामा मात्र व्यापार गर्छन्, अ’र्गानिक खेतिले वि’षा’दीयुक्त उत्पादनसँग प्र’तिस्पर्धा गर्नुपर्ने हुन्छ,

“कृषकले १५ मा विक्री गरेको तरकारी बजारमा खरिद मुल्य ८० पुग्छ” अनि कृषकहरु कसरी माथि उठ्न सक्छन्, वालि लगाएको असिना, पानी, हावाहुरी, जलवायु परिवर्तन जस्ता कारणले उब्जनीमा ह्रास आउछ यसको क्षति कृषकले बेहोर्नुपर्छ। नेपाल सरकारले कामको आधारमा उत्कृष्ट भएका कृषकहरुका व्यक्तिगत फर्मसँग साझेदारी अभियान ल्याएर अगाडि बढ्नुपर्ने आजको आवश्यकता देखिएको छ।

भने निशुल्क इन्स्युरेन्स राम्रो अभियान छ तर कागजी प्रक्रिया झण्झटिलो, बस्तुभाउ तथा अन्य कृषि उत्पादनहरु चोरी हुदाँ, बस्तुभाउ, पशुपंक्षी थारो हुने समस्यामा इन्स्योरेन्सले सहजीकरण नगर्दा म जस्ता कृषकहरुले इन्स्युरेन्स नै गरेका छैनन्। पोखरा महानगरपालिकाको मालेपाटन भन्ने वित्तिकै कुनै बेला ताजा तरकारी उत्पादनको केन्द्र र किसानहरुको थलो भनेर चर्चित थियो ।

अहिले पनि पोखराका बजारमा बिक्री गर्न राखिएका तरकारी कहाँको भनेर सोधिएमा बिक्रेताले मालेपाटनको भनेर ग्राहकलाई लोभ्याउन गरेको पाइन्छ । खाद्यान्न, तरकारी उत्पादनका लागि एक त भनेजस्तो र चाहिएको जति जग्गा जमिन छैन । अर्कोतिर मल, बिउ, मजदुर, औजार सबै व्यवस्थापन आफैले गर्नुपर्छ ।

बल्ल बल्ल गरेर फलाएको तरकारी त्यही पनि बिचमा बसेर बिक्री गर्नेले किसानलाई उचित मुल्य नदिईकन लैजाने गर्छन् । बारीमा महिना दिन पसिना बगाउने किसान भन्दा बिचौलियाले एकैछिनमा मंहगोमा तरकारी बेचिदिने गर्छन् । जसले गर्दा कृषि पेशावाट जीवन गुजारा गर्छु, उज्यालो भविष्य बनाउछु भन्नेहरुलाई उचित दाम नहुँदा मर्कामा पर्ने गरेका छन् ।
आम कृषि प्राविधिक हरु घरमै परिवारसँगै बसेर कृषि व्यवसाय गरेर जागिरपछिको जीन्दगी बिताउने योजना बनाएका सपना खोला तिर लाग्दैछन । त्यसका लागि उनले शुरुमा कुखुरापालन, च्याउखेतिको शुरुवात गरे । कुखुरा पाल्दा सप्लायर्सबाट र च्याउखेति गर्न खोज्दा बिउ किन्नेदेखि उत्पादन बेच्नेहरुले समेत नराम्रोसँग ठगेपछि उनले कृषि कर्ममा संभावना भन्दा धेरै समस्याहरु देखे र्।

दिनरात नभनिकन एकछिन नसुतिकन, ऋणधन गरेर उत्पादन गर्ने हामी, बीचमा बसेर हामीले भन्दा दोव्वर नाफा खाएर फाइदा लुट्ने अरु भएपछि कसरी टिक्न सकिन्छ ? श्रम गरेर खाने, निमुखा किसानहरुको व्यथा न राज्यले सुन्छ न त किसान आफैले समस्या हल गर्न सक्ने क्षमता राख्छन् ।

राज्य र सरोकारवाला निकायको राम्रो व्यवस्था नभएपछि बाह्र लाख भन्दा बढि डु’वाएर फेरि म जागिरतिर नै फर्किए’ उनले भने ।खेतवारी ठेक्का लिएर दिनभर खेतिपाति गर्ने र बिहान मण्डीमा पुगेर तरकारी बेचेर घरपरिवारको गुजारा गर्दै आएका किषान को अवस्था पनि शुन्य पुग्न थाल्यो । आजकल खेति गर्ने जग्गा पाउन छाडेपछि स’मस्यामा पर्दै गएका छन् ।

बड्दो बजारीकरणसँगै खेतवारीहरुमा उद्योग, व्यापार, व्यवसायका लागि भौतिक संरचना बनाई दिंदा उनी जस्ता धेरै किसानहरु मर्कामा परेका छन् । कतिपय त खेतिपाति गर्ने पेशाबाट बिस्थापित हुन पुगेका छन् । मण्डीमा तरकारी बेच्न जानका लागि कृषि फर्म अनिवार्य दर्ता गर्नुपर्ने व्यवस्था गरेर राज्यले कर असुल्ने दाउ गरेपछि सामान्य किसानहरुले अनावश्यक झन्झट व्यहोर्न बाध्य छन् ।

नेपाललाई कृषि प्रधान देश भनिएपनि सोझा किसानहरु राज्यको सेवा, सुविधा र अनुदानबाट बन्चित छन्। किसानहरु सधै धूलो, मैलो, समस्यामा पर्ने भएकोले कृषिप्रति युवाहरुको आर्कषण बढ्न सकेको छैन । राज्यले दिने अनुदान र सहुलियत हडप्न पहुँचवालाहरुले कृषि फर्म दर्ता गरेर किसान भएको नाटक गरेका पाइन्छ ।

सहुलियत र अनुदान कागजी कृषि फर्म, योजना बनाउनेहरुको पो’ल्टामा पर्दा बास्तविक किसान मर्कामा पर्ने गरेका पाइन्छ ।पोखरा बजारबाट १२ किलोमिटर उत्तरतर्पm सार्दिखोलाको वराहथानबाट निस्कने पानीमा बर्षमा २० हजार किलो माछा उत्पादन गरेर डेढ करोड बराबरको आम्दानी हुन्छ ।

यतिखेर कास्कीका लाहाचोक, घाचोक, नौडाडा, दुध उत्पादन गर्ने थलो बनेका छन् । भरतपोखरी, भदौरे तामागी, देउराली, रुपाकोट, कालिका, हंसपुरमा बाख्रा पालन गर्ने फर्महरु खुलेका छन् । तर फेरि पनि यहाँको उत्पादनले माग पुरा हुन नसकेर बाहिरी जिल्ला र छिमेकीवाट तरकारी, फलफूल, मासु, खाद्यान्न आयात गरिदै आएको छ ।