पवन प्रसाद साह
वीरगंज, पर्सा
नेपाली काँग्रेस पर्सा ले बिभिन्न कार्यक्रम गरी शहिद दिवस मनाएको छ । शहिद दिवस को अवसरमा नारायणी अस्पतालका २२५ जना विरामी र कुरुवाहरूलाई फलफूल वितरण गरिएको थियो । साथै सो अवसरमा हृदय नारायणलाल दास, हदीश मिया मंसुरी, रघुनाथ पोखरेल, अलीजान मिया मंसुरी,वीर वहादुर कुर्मी, महम्मद सरीफलाई दोसल्ला ओढ़ाएर सम्मान गरिएको थियो ।
नेपाली काँग्रेस क्षेत्र नम्बर २ का सभापति महम्मद शहाबुद्दीनले नारायणी अस्पतालमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि अजय कुमार चौरसियाले शहीद थिर बम मल्लको शालिकमा माल्यार्पण गरि गत निर्वाचनमा आपसी द्वन्द्व र मतभेदको कारणले पर्सा जिल्लामा पार्टीले पराजय भोगेको भए तापनि अहिले पनि पर्सामा नेपाली काँग्रेस शासक पार्टी भएको चर्चा गरेका थिए ।
सोही अवसरमा जनताको जीवनस्तर उकास्न गरिने सम्पूर्ण इमान्दार प्रयत्नहरु नै वास्तवमा शहीदहरुप्रतिको सच्चा श्रद्धाञ्जलि हुने नेपाली काँग्रेसका केन्द्रिय सदस्य अजय कुमार चौरसियाले बताएका थिए।
केन्द्रीय सदस्य अजय कुमार चौरसियाले आसन्न निर्वाचनमा एक ढिक्का भएर पार्टी निर्वाचनमा होमिने बताउँदै शहीदहरूको अमर बलिदानीको कारण हामी अहिले गणतान्त्रिक परिवेशमा भएको बताए।
त्यस्तै घण्टाघरस्थित शहिदहरूको शालिकमा माल्यार्पण एवं दीप प्रज्वलन गरिएको साथै बाबा रामजनम तिवारीको शालिकमा सरसफाई गरि माल्यार्पण गरिएको नेपाली काँग्रेसका युवा नेता धिरज गुप्ता ले बताए ।
त्यसैगरी गण्डक स्थित शहिद तेज बहादुर आमात्यको शालिकमा पनि आज सरसफाई गरि माल्यार्पण गरिएको थियो ।
सो कार्यक्रममा नेपाली कांग्रेस पर्साका पूर्व सभापति राजेन्द्र बहादुर अमात्य, नेपाली कांग्रेस पर्साका उप सभापति दिना गुप्ता, प्रकाश उपाध्याय, प्रदेश सभासद राजेश्वर साह तेली, जिल्ला सचिव श्याम पटेल, क्षेत्र नम्बर १ का सभापति अरबिन्द गुप्ता, नगर सभापति भोला कलवार,दिलिपराज कार्की,नेपाली काँग्रेसका युवा नेता धिरज गुप्ता,सुधीर पटेल,विबेक कलवार,मनोज कुमार साह,यूथ कांग्रेस नेपालका प्रदेश सदस्य राहुल कुमार गुप्ता लगायत ठूलो संख्यामा नेता एवं कार्यकर्ताहरूको उल्लेखनिय उपस्थिति रहेको थियो ।
More Stories
ठागा दासको अध्यक्षतामा ७७ सदस्यीय आम दलित मोर्चाको केन्द्रीय कमिटी गठन
श्री मा.बी.कर्कच गूठीमा निर्वाचनको प्रक्रियाबाट बिधालय व्यवस्थापन समिति चयन हुने
शिवनगर अस्पतालला एक महिनामा २ सुत्केरी महिलाको मृत्यु, अवस्था तनावग्रस्त ।