July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

ईशनाथका मेयर मेहताले विकास निर्माणकाे कामलाई गरे निरीक्षण

राजु श्रीवास्तव राैतहट । माघ १५ गते
रौतहट जिल्लाको दक्षिणी भेग ईशनाथ नगरपालिकाका मेयर संताेष मेहताले विकास निर्माणको कार्यलाई तिव्रता दिएका छन । आज शनिबार उनले बिधालय भवनको अनुगमन गर्नु भएको छ ।
मेयर मेहताले श्री आधारभूत विद्यालय बन्जरहामा
निर्माणाधीन भवनकाे निरसक्षण गर्नु भएको छ । साे नगरपालिकाकाे वडा नम्वर १ रहेकाे बिधालय भवन निर्माणकाे अनुगमन तथा निरिक्षण गर्न मेयर सहितकाे टाेली पुगेकाे थियाे ।
नगर प्रमुख मेहताले यतिखेर आफना नगरमा सडक निर्माण, सडक ढलान, भौतिक पुर्वाधार निर्माण, बिधालयमा भवन निर्माणको साथै, नाला,बिजुली बतिको पनि विस्तार लगाएतका कार्य धमाधम गर्न थालेका छन ।
नगर प्रमुख मेहताले सडक, पुर्वाधार निर्माण लगाएत कार्यलाई विशेष प्राथमिकता दिएका छन ।
त्यस्तै मेयर मेहताले लाखौको लागतमा सडक ढलान कार्य सम्पन्न भएको बताए ।
जनताको इच्छा र चाहना अनुसारको काम गर्दै जाने आफनो योजना रहेको मेयर मेहताले बताएका छन ।
जनताको आवश्यक्तालाई पुरा गर्न आफु कुनै पनि शर्तमा पछाडि नपर्ने उनले बताएका हुन ।