July 25, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

एमाले रौतहटका जिल्ला अध्यक्ष त्रिभुवन साह लगायतको पदाधिकारीहरुले गरे पदभारग्रहण

रामप्रवेश बैठा,राैतहट,माघ ०९ गते
एमाले रौतहटका जिल्ला पदाधिकारीहरुले पदभारग्रहण गरेका छन् । आईतवार एमाले पार्टी कार्यालय गाैरमा एक कार्यक्रम आयाेजन गरि पदभार सम्हालेका हुन् । नेकपा (एमाले), रौतहटको ऐतिहासिक ९ औं जिल्ला एकता अधिवेशनबाट सर्वसहमत रुपमा निर्वाचित जिल्ला पदाधिकारीहरुले आज पदभार सम्हालेका छन् । नव नियुक्त पदाधिकारीहरूले एक समारोहका बीच औपचारिक रुपमा पदभार ग्रहण गर्नु भएको छ ।
पदभार ग्रहण गर्नुहुनेमा पार्टीका जिल्ला अध्यक्ष त्रिभुवन साह अमरजि,उपाध्यक्ष दिपक यादव, उपसचिव रुपेश पटेल रहेका छन् । नव नियुक्त जिल्ला कमिटीका पदाधिकारीहरू लाई बधाई सहित कार्यकाल सफलताको लागि शुभकामना व्यक्त गरिएकाे छ । साे अवसरमा कटहरिया नगरपालिकाका नगरप्रमुख सियाराम कुशवाहा,माैलापुर नगरप्रमख रिना साह,फतुवा बिजयपुर नगरपालिकाकि उपमेयर कान्ति देवी,देवाही गाेनाही नगरपालिकाकि उपमेयर परनिया देवी पटेल,आईटि आर्मीका जिल्ला संयाेजक नरेश साह तुरहा,बाैधीमाई वडा नम्बर ३ का वडाध्यक्ष श्रीभगवान पटेल,वडाध्यक्ष मुक्तिनारायण मिश्र,वडनध्यक्ष संजय प्रसाद सहितका व्यक्तिहरूकाे उपस्थिति रहेकाे थियाे ।
त्यस्तै जिल्लाकाे माधवनारायण नगरपालिकामा पनि एमालेकाे जिल्ला कार्यसमितिका नयाँ पदाधिकारीहरू लाई उपमेयर सिमल कुमारी साहले भव्य रूपमा स्वागत गरेका थिए ।